२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशन गाउपालिका वडा नम्बर ७ पुर्ण जन्मदर्ता वडा घोषणा

३१ जेष्ठ २०७५, बिहीबार ०३:१५

कमल रावल | जेठ ३१, अछाम | रामारोशन गाउपालिकाका अध्यक्ष झंकर साउद भाष्करले हानिकारक रुपमा रहेका समाजका कुप्रथालाई अब अन्त्य गर्दै जाने बताउनु भएको छ । परम्परागत हानिकारक रुपमा रहेका कुसंस्कारका अन्त्यका लागि सबै हातेमालो गर्दै अघि बढ्ने बताउनु भयो । 

रामारोशन गाउपालिका वडा नम्बर ७ को सुतारलाई पुर्ण जन्मदर्ता वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै साउदले बिकासको ढोका खोल्न सभ्यताको बिकास गर्न जरुरी रहेको बताउनु भयो । छाउपडी कुप्रथा अन्त्यका लागि छाउपडी भित्र र देउता बाहीर अभियान सुरु गाउपालिकामा सुरु भईसकेकाले अबको सबैको साथको आवश्यकता रहेको बताउनु भयो । छाउपडी कुप्रथा अन्त्यका लागि भदौमा आउने कानुनु अगाबै नै धेरै कुरा आफ्नो गाउपालिकामा कार्यान्वयन आईसक्ने उहाले बताउनु भयो । सुन्दर, पर्यटकिय र नमुना, समृद्ध, सुखि गाउपालिका परिकल्पना गरेको अभियान सबैले साथ दिएमात्र पुरा हुने उहाँले बताउनु भयो । 

वडा नम्बर ७ का अध्यक्ष खड्क भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी नेपाल कम्युनिष्ट पार्टीका नेता चक्र रावलले वाल विवाह अशिक्षा, घरको दबाब, साथिको लह लहैमा लागेर हुने भएकाले सबैले रोक्नका लागि लाग्नु पर्ने बताउनु भयो । सरोकारवाला सबैको ध्यान पुर्ण जन्मदर्ता वडा घोषणा हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रममा वडाका २ हजार २ सय ९२ वालावालिका मध्ये २ हजार २ सय १४ जनाको जन्मदर्ता गरिएको प्रतिबेदन सार्वजनिक गरिएको थियो ।  


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका भरत अयडी, ऐकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कुल बहादुर भण्डारी, नेपाली काग्रेस कार्यबाहक वडा सभापती देब बहादुर साउद, रामारोशन गााउपालिका प्रमुख प्रशासकिय अधिकृत केशबराज शर्मा, गाउ कार्यपालिका सदस्य हरि परियार, पदम भण्डारी, रामारोशन गाउपालिका वडा नम्बर ४ का सदस्य नन्दराज उपाध्याय, वाक नेपालका सहयात्रा परियोजना संयोजक कृपराज जोशि, बद्री प्रसाद ओझा, पुर्व गाबिस अध्यक्ष तप्त भण्डारी, पशु शाखा प्रमुख धुव्र बिक, स्वास्थ्य चौकीका श्याम भण्डारि, महिला अधिकार मञ्च कौशिला भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । पदम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सहायक कल्पना रावलले गर्नु भएको थियो । वडा कार्यालयको आयोजना रामारोशन गाउपालिकाको सहयोगमा घोषणा कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा