९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

ठगी गरेर फरार रहेका धनकुटाका एक सहकारी अध्यक्ष पक्राउ

१ असार २०७५, शुक्रबार ०८:४०

असार १ धनकुटा | रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले रु ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार भएको एक वर्षपछि बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

धनकुटा नगरपालिका–७ स्थायी घर भएका यसमाली जिल्ला प्रशासन कार्यालय धनकुटाले २०७४ असार २३ पक्राउ गर्न निर्देशन दिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

त्रिवेणी माध्यमिक विद्यालयका निमावि स्थायी शिक्षकसमेत रहेका यसमाली सहयात्री सहकारी संस्थाको रु ५५ लाख एवं अन्य व्यक्ति एवं संस्थाको थप ठगीको उजुरी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसमाली धनकुटा नगरपालिका–७ स्थित निजी घर आएको मौका पारी धनकुटाबाट खटिगएको विशेष प्रहरीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी कोशी पहाडका चार जिल्ला हेर्ने डिभिजन सहकारी कार्यालय धनकुटाले यसअघि पनि धनकुटामा सञ्चालित ५४ वटा सहकारी संस्थाको दर्ता खारेजीका लागि प्रक्रिया अघि बढाउन सचेत गराइएको जनाइएको छ । 

सहकारीको आर्थिक पारदर्शिता नदेखाउने, समयमा साधारणसभा एवं लेखापरीक्षण नगर्ने, सहकारी नियमको बर्खिलाप गर्दै आफूखुसी चलेका र आर्थिक हिनामिनाको आरोपमा धनकुटा जिल्लाका १६ वटा सहकारी संस्था खारेजीमा परेका थिए । 

कोशी पहाडका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लामा हाल ५८३ उपभोक्ता सहकारी संस्था दर्ता भई सञ्चालनमा डिभिजन कार्यालय धनकुटाको तथ्याङ्कमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध