2026-09-19 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा

असार १, दमक | झापाको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । 

भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । 

पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पूर्जी काट्न नसक्ने भएपछि उक्त नाका भएर आयात र निर्यात हुने कतिपय सामग्रीको राजश्व घट्दै गएको छ । भारतसँग सीमा जोडिएको सो छोटी भन्सारको स्तरोन्नति गर्नुपर्ने स्थानीयवासीको माग छ । 

गौरीगञ्जको खजुरगाछीमा छोटी भन्सार कार्यालय रहेपनि वैरिया क्षेत्रमा हालसम्म भन्सार कार्यालय छैन् । सो नाकाबाट ठूलो परिमाणमा भारतबाट सामान आयात हुँदै आएको छ । गौरीगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष मखना महतो गैद्दारले उक्त कार्यालयमा कर्मचारी राख्नुपर्ने माग गर्नुभयो । 

उहाँले गौरीगञ्ज वैरिया क्षेत्रमा भन्सार घुम्ती टोली राख्नुपर्ने, रु ५० हजारसम्मको भन्सार काटिनुपर्ने, भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा पट्के पूर्जी काट्न इजाजत दिनुपर्नेलगायत माग गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ