२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा जोखिम तथा श्रमिक बालबालिकाहरुलाई शैक्षिक तथा खाधान्न सामाग्री बितरण

२ असार २०७५, शनिबार ११:२७

मनिषा राई | असार २, रोल्पा | जोखिम तथा श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री तथा खाधान्न सामग्री बितरण कार्यक्रम माडी गाउपालिका २ घर्तीगाउ रोल्पामा सम्पन्न भएको छ ।

माडी गाउपालिका २ वडाकार्यलयको आर्थिक सहयोग, हातेमालो कृषि सहकारी संस्था लिमिटेड घर्तीगाउको समन्वय, माडी गाउन्पालिका २ को बजेट र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाको साझेदारीमा एकिकृत परियोजना अन्तर्गतको घुम्ति कोषको रकमको व्याजको ५० प्रतिशत रकमबाट उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

गाउ बाल संरक्षण समिति माडी २ घर्तीगाउ रोल्पाका संयोजक देव बहादुर वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष वलीले कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगराई बिधालय उमेरका बालबालिकाहरुलाई बिधालयको पहुचमा ल्याई शिक्षा प्रदान गरी बालबालिकाको भविष्यमा  बिशेष जोड दिन सम्पुर्ण अभिभाबकहरुलाई आग्रह गर्नुभएको थियो ।


त्यस्तै कार्यक्रमका प्रमुख अतिथि माडी गाउपालिका २ का वडाअध्यक्ष ललित घर्तीमगरले गत बर्षहरुमा बालबालिकालाई रकम दिदा आफना अभिभावकहरुले जाडरक्सीमा खर्च गरीदिएकोले गर्दा यस बर्षदेखि शैक्षिक सामाग्री नै बितरण गरीएको बताउनुभयो ।

कार्यक्रममा हातेमालो सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल घर्तीमगरको बिशिष्ट आतिथ्यता रहेको थियो भने नेकपाका प्रतिनिधि अमरसिंह घर्तीमगर, श्रोतव्यक्ति कविराज रिजाल, बजार व्यवस्थापन समितिका घर्तीगाउका अध्यक्ष कमल घर्तीमगर, माडी गाउपािलका २ का वडासदस्य खडक बहादुर घर्तीमगर, व्यापारी, बुद्धिजिवि, अभिभावक, समाजसेवी, सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि लगायतको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ५५ जना बालबालिकालाई शैक्षिक तथा खाधान्न सामाग्री बितरण गरीएको थियो भने इलाका प्रहरी कार्यालय घर्तीगाउ रोल्पाका प्रहरी नायव निरिक्षक मिलन श्रेष्ठले चट्याङ पर्दा हुने जनधनको क्षतिबाट बच्नको लागि सचेतनामुलक सन्देश समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सन्चालन गाउ बाल संरक्षण समिति माडी २ घर्तीगाउ रोल्पाका सचिव यज्ञ बहादुर डागीले गर्नुभएको थियो भने सहजीकरण हातेमालो कृषि सहकारी संस्था लिमिटेड घर्तीगाउ रोल्पाका व्यवस्थापक बन्दना घर्तीमगरले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य