२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

२०७५, ३ असार आईतवार ०६:१८

असार ३, चितवन | नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । 

वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ । 

यही असार १३ देखि १५ गतेभित्र चीनमा रहेको साइटिस टोली नेपाल आउँदैछ । चिनियाँ अधिकारीले खोर बनाउन भनेपछि गैँडालाई राखेर पठाइने चार थान खोर बनाउने काम शुरु गरिएको र एक हप्ताभित्र खोर बनिसक्ने बताइएको छ । 

संरक्षण कोषको परिसरमा दुई जोडी गैँडा छन् । अर्काे एक जोडीको नामकरण गरिएको छैन । अर्को जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाइने तयारी छ । 

ढकालले चिनियाँ टोली समयमा आउन नसक्दा प्रधानमन्त्रीसँगै गैँडा पठाउन नसकिएको बताउनुभयो । दुई जोडी गैँडा मानिससँग घुलमिल गर्न थालेको र दिउँसो पालैपालो खुला खोरमा राख्न थालिएको छ । 

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिनुभएको थियो । चितवन राष्ट्रिय निकुञ्जले गत वैशाख दोस्रो साता तीन गैँडा नियन्त्रणमा लिएको थियो भने एउटा गैँडा बाढीले बगाउँदा यसअघि नै उद्धार गरी राखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण