2026-08-25 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

असार ४, बनियानी | वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो । 

“वर्षा र हावाहुरीले पोल भत्किँदा र तार चुडिँदा विद्युत् प्रसारणमा समस्या आएको छ”, प्रमुख साहले भन्नुभयो, “हल्दीबारीको जलथल क्षेत्रमा बढी समस्या देखिएको छ, पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध हुन दिएका छैनौँ ।” आफ्नो क्षेत्रमा विद्युत्मा समस्या आए तुरुन्तै कार्यालयमा जानकारी गराउनसमेत उहाँले आग्रह गर्नुभयो । 

सकेसम्म छिटो मर्मत गरेर विद्युत् सेवा सुचारु गर्न प्रयास भइरहेको कार्यालयले जनाएको छ । हावाहुरीका कारण भद्रपुर सवस्टेशनअन्तर्गतको क्षेत्रमा नौ वटा पोल भाँचिएको र एउटा २५ केभीएको ट्रान्सिमिटर जलेको छ । जसबाट रु चार लाख बराबरको क्षति भएको प्रमुख साहले जानकारी दिनुभयो । 

शनिबार राति चट्याङसँगै परेको पानीले बिर्तामोडस्थित अनारमनी सवस्टेशनबाट भद्रपुर सवस्टेशनतर्फ जोड्ने ३३ केभी प्रशारण लाइनमा समस्या आएका थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग