२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

यार्सागुम्बा टिप्न डोल्पा पुगेका रोल्पाका एक व्यक्ति मृत अवस्थामा फेला

२०७५, ४ असार सोमबार ०६:०२

टेकबहादुर शाही/असार ४, डोल्पा | डोल्पाको हिमाली यार्सापाटनमा रोल्पाका एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। डोल्पो बुद्ध गाउपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ बर्षिय कर्ण पुन मगरको गए राति ९ बजे तिर घाटि रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । रोल्पाको उवा घरभइ हाल चनौटा बस्दै आएका पुनमगरको हत्या भएको छ । 

यार्सागुम्बा टिप्नका लागि हरेक बर्ष यहि पाटनमा आउने गरेको मगरको गए राति हत्या गरिएको भेटिएको छ । डोल्पोबुद्ध गाउपालिकाको किम्जुङ पाटनमा उनको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । 

मृतक कर्ण पुनमगरका साथमा ७०÷७५ हजार नगद बाहेक अन्य कुनै पनि सामान नरहेको त्यसका साथै उनले बस्ने गरेको पाल भन्दा २५ देखि ३० मिटरको दुरिमा कुनै पनि अन्य पालहरु नभएको डिएसपी शर्माले जानकारी दिए । शर्माका अनुसार मगरको कसरी हत्या भयो भन्नेबारे अनुसन्धान तिव्र भइ रहेकोले अहिले नै भन्न नसिकने बताए ।

सञ्चारको कुनैपनि सुबिधा नभएको कारण राति १ बजे प्रहरी चौकि धोमा जानकारी आएको र तत्काल धो चौकिबाट सईको कमाण्डमा प्रहरी घटना स्थलमा पुगेको प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार आजै बिहान सदरमुकाम दुनैबाट इन्सपेक्टरको कमाण्डमा थप प्रहरी पठाएको तर सदरमुकामबाट उक्त घटना स्थल सम्म पुग्न पूरै ३ दिन लाग्ने भएकोले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने बताए ।  

प्रहरी चौकि धोबाट घटना घटेको लेख सम्म जान ४ घण्टा भन्दा धेरै समय लाग्ने गरेको स्थानीयहरु बताउछन । भौगोलिक बिकटता र घटना घटेको स्थान निकै जोखिम भएको कारण शब ल्याउन समेत खठिन हुने भएको छ ।  

मृतकका आफन्तलाइ जानकारी गराइ सकेको र निम्न परिवारका भएका कारण शब बुझन आउन समेत कठिन भएको मृतककी श्रीमतीले बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक पन मगरका छोरा मुस्ताङमा रहेका र उताबाट आउदै गरेको जनाएको छ । शब पोष्मार्टमका लागि जिल्ला सदरमुकाम सम्म ल्याउनको लागि कम्तिमा पनि एक साता लाग्ने छ ।

कर्ण पुनमगर सामान्य यार्सा टिप्ने भएको कारण कसरि अउनको हत्या भयो भन्नेबारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ । परिवारको आर्थिक अबस्था कम्जोर भएको र भौगोलिक बिकटताले शब परिवारलाइ बुझन कटिन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस