2026-08-29 09:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१९ वर्षपछि जग्गाको संरक्षण

असार ४, अर्घाखाँची | राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्ष पछि संरक्षण गरेको छ ।  जिल्ला वन कार्यालय सँगै जोडिएको बाटो छेउको जग्गा वैंकको हो भन्ने धेरैलाई जानकारी समेत थिएन । वैंकको तिन ओटा कित्तामा रहेको १३ आना जग्गाको केहि क्षेत्रफल बाटोले काटिदिएको छ । जग्गालाई फलामका किला र सरिया लगाएर घेरेर राखिएको छ । वैंकले आफ्नो जग्गामा वोर्ड समेत खडा गर्ने जनाएको छ । 

 वैंकले आफ्नो जग्गा समयमै संरक्षण गरेर राख्नु पर्ने भएपनि वर्षौंपछि जग्गाको संरक्षण गरेको हो । वैंकका हालका शाखा प्रमुख गोपाल न्यौपानेले जग्गाको खोजिनिधि गरेका हुन । न्यौपानले वैंकको जग्गा बेवारिसे भएको थाहा पाउना साथ आफू संरक्षण लागेको बताए । ‘ ‘भाडाको घरमा बसेर काम गर्दा निकै समस्या भएको छ’ उनले भने,  ‘आफ्नै जग्गामा घर बनाउन पायौं भने ठूलो राहत मिल्ने थियो ।’ उनले वैंकको जग्गामा वन कार्यालयले वाल र मन्दिर निर्माण गरेको बताए ।

‘वन कार्यालयले प्रयोग गरेको वैंकको जग्गा सहज ढंगले छाडिदिनुपर्छ’ उनले भने । ‘म अब भवन निर्माणको पहलमा  लाग्ने छु’ उनले थपे ‘मेरो कार्यकालमा सन्धिखर्क शाखालाई साच्चै नै उत्कृष्ट बनाउँछु ।’  शाखा प्रमुख भएर आएको दुइ महिना मै उनले वैंकको व्यवस्थापनको पक्षलाई पनि धेरै सुधारेका छन् । अहिले वाणिज्य वैंकमा सेवाग्राहीले छिटो सेवा पाउन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो