2026-08-31 08:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

असार ५, चितवन | एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटाँैडाले धरौटीमा रिहा गरेको छ । 

भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए । 

शरीरको विभिन्न भागमा तेजाप परेर महिला बिरामी भई अस्पतालमा उपचारपछि घर फर्किएकी र उनले प्रहरी नायब निरीक्षक खनियाँ बिरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन् । 

अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को दुईबमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

खनियाँले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत हेटौँडामा निवेदन पेश गरेकामा उक्त अदालतले रु तीन लाख धरौटीमा रिहा गरेको पौडेलले बताउनुभयो । पीडित महिला र उनका श्रीमान्ले खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार