असार ५, चितवन | भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार माडी नगरपालिका वडा नं १ की ५० वर्षीया रक्सीमिया महतोको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउसो १२:५ बजे मृत्यु भएको हो । बिहान १०:३० बजे भएको उक्त घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ५३ वर्षीय रामप्रसाद महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

महतोको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

June 19, 2018
चितवन - CTW, समाज
चितवनमा बसको ठक्करबाट एक महिलाको मृत्यु
By kit
2 मिनेट पढाइ