२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको धुर्कोटमा गाउँसभा सुरु, अव पशुलाई समेत सुत्केरी भत्ता

२०७५, ७ असार बिहीबार ११:२०

प्रेम सुनार/असार–७, गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाको तेश्रो गाउँ सभा आज देखि सुरु भएको छ । गाउँ सभाको उद्घाटन गर्दै गाउँपालिका प्रमुख भुपाल पोखरेलले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् । 

उनले पेश गरेको नीति तथा कार्यक्रमले आधुनिक र ब्यावसायीक कृषि , पशुपालनमा बढि  जोड दिईएको छ ।


कृषक परिचय पत्र लागु गर्दै हरेक किशानको उत्पादनका आधारमा अनुदान र प्रोत्साहन भत्ता समेत दिईने र जिल्ला मै पहिलो पटक सुत्केरी पशुलाई समेत पोषण भत्ता दिने उनले नीति तथा कार्यक्रम मार्फत घोषणा गरेका छन् । 

उनले महिला सुत्केरीका लागि ‘नो होम डेलिभरी’ कार्यक्रम अगाडी सारेका छन् । 

हरेक महिला गाउँपालिका भित्रैको स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने र आगमी दिनमा आमा र शिशुलाई आवश्यक पोषण उपलव्ध गराउने लक्ष्य लिएको  गाउँपालिका प्रमुख पोखरेलले बताए ।

‘उत्पादन गरौं , आत्मनिर्भर बनौं, समृद्धि धुर्कोट हामी मिली बनाऔं’ भन्ने मुल नाराका साथ प्रस्तुत नीति तथा कार्यक्रममा विभिन्न शिप मुलक तालिम दिदै  गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्ने लक्ष्य लिईएको छ ।  सामिजक सुरक्षाका लागि  नगर सुरक्षा  प्रहरी भर्ना गर्ने ,  अघिल्लो वर्ष देखि खर रहित घरको छाना अभियानको यसै आर्थिक वर्ष भित्रमा खरको छाना मुक्त धुर्कोट बनाउने  नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रत्येक वडामा माटो परिक्षण गर्ने र रोगीमाटोको उपचार गरी कृषि उत्पादमा बृद्धि गर्ने , अन्य सहकारी खेती , महिलाद्धारा सञ्चालित सहकारी खेती र उनिहरु द्धारा सञ्चालित विभिन्न ब्यबयासीलाई प्रोत्साहन गरिने भएको छ ।  न्यायिक समितिका अध्यक्ष तथा गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीद्धारा विभिन्न ऐन कानुन सभा समक्ष पेश

–कर तथा गैह्र कर राजश्व लगाउने र उठाउने सम्वन्धमा बनेको कानुन २०७४

–खरिद सम्वन्धी नियमावली –२०७४

–स्वास्थ्य ऐन र वजार अनुमगन सम्वन्धी निर्देशिका

–न्यायिक समिति कार्यविधीका सम्वन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७५

–प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाद्धारा सभाको सहजीकरण

यस्ता छन मुख्य कार्यक्रमहरु

– प्रत्येक वडामा माटो परिक्षण । रोगी मटोको उपचार र उत्पादनमा बृद्धि ।

–कृषिमा विभिन्न क्षेत्रमा विभिन्न खाले खेतीका लागि पकेट क्षेत्र घोषणा गरिने

–२० देखि कृषिमा अनवरत सक्रिय कृषकलाई समाजिक सुरक्षा भत्ता

 –कृषि प्रविधी र औजार खरिरदमा ५० देखि ८० प्रतिशत अनुदान

–कृषि र पशुपालनमा विमाको ब्यवस्था

–किशानले तिर्ने प्रिमियर शुल्क ५० प्रतिशत गाउँपालिकाले तिरी दिने

–तिहारमा कृतिम फुल रहित माला , पुष्प ब्यवसायलाई प्रोत्साहन

–पर्यटन विकासमा जोड , २०७८ धुर्कोट भ्रमण बर्ष घोषणा

–गाउँपालिका भित्र हरेक प्रवेशिका परिक्षामा उत्कृष्टलाई विशेष पुरस्कार

– धुर्कोट स्वास्थ्य केन्द्रलाई थप सुविधा सम्पन्न बनाईने , चौविसै घण्टा सुत्केरी सेवा

–टोल संरक्षण महिला मञ्च वडा स्तरमा गठन, विकृति विसंगतीमा सक्रिय पारिने

–महिला , दलित जनजाती, अल्पसंख्यक र अपाङ्गता भएकालाई लक्षित कार्यक्रम

–विचित्र गुफा, धुर्कोट कोट लगायका धार्मिक् र पर्यटकिय क्षेत्रको  संरक्षण  र विकास

–चुस्त, पाररदर्शी र सेवाग्राहीलाई सहज प्रशासन

–एक घर एक धारा र शुद्ध पिउने पानीको ब्यवस्था

–अग्ला शुद्ध डाँडामा विभिन्न वहुवर्षिय लिफ्टीङ्ग सिस्टम खानेपानी योजना

– वडा वडामा मेलमिलाप केन्द्र, न्याय सम्पादनलाई छिटो र प्रभावकारी

–असार १० गते वजेट पेश गरिने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा