२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा टिपरले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

८ असार २०७५, शुक्रबार ०३:३६

असार ८, भक्तपुर | आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५:३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको र टिपर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की