2026-09-08 02:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छहरे गुफाको मन्दिर उद्घाटन

असार ११, सल्यान। बनगाड कुपिण्डे नगरपालिकाको गर्चेबजार नजिकै रहेको छ्हरे गुफाको मन्दिर उद्घाटन भएको छ । 

नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को बिनियोजित २ लाख बजेटबाट निर्मित मन्दिर ४ नम्बर वडाका अध्यक्ष मोमत रोका (बादल)ले उद्घाटन गर्नु भएको थियो । 

मन्दिर उद्घाटन क्रममा बोल्दै वडा अध्यक्ष रोकाले स्थानीय सरकारले वडा भित्र रहेका सम्पुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रलाई अझै प्राथमिकता दिदै जाने र त्यसमा पनि छहरे बाजेको गुफालाई विशेष प्राथमिकता दिने बताउनु भएको छ । 

उद्घाटन क्रममा बाजागाजासहित स्थानीय झांकी प्रदर्शन गरिएको थियो । उद्घाटनको क्रममा छहरे बाजेको मुर्ति पनि राखिएको छ ।

बिगत देखि नै सबैले छहरे बाजेको गुफा देखि रहेको र उक्त गुफा नजिकैबाट सल्लीवजार चौरजाहारी सडक भएको र गाडीहरू आवतजावत गर्दाखेरि गाडीहरू रोकिने अनि छहरे बाजेलाई केही भेटी चढाएर गए पछिगाडीहरू चल्ने गरेको र कुनै दुर्घटना हुँदा पनि छहरे बाजेको शक्तिले कुनै अप्रिय घटना नभएको स्थानीयको भनाइ छ । त्यसको वास्तविकता मन्दिर उद्घाटन क्रममा देखापरेको थियो । 

मन्दिर उद्घाटनको कार्यक्रम राखिरहेको बेला नेपालगन्जदेखि चौरजाहारीको लागि बस आएको र मन्दिर बनाएको ठाउँ देखि १ सय मिनेट अगाडि गएर गाडी रोकिएको र त्यस बसमा आएको  एक जना यात्रु नै बसमा पहिला देखि काम्दै आएको र पछि गाडी रोकि सकेपछि मन्दिरमा आएर पुजापाठ गरि भेटी चढाए पछि यात्रु काम्ना रोकिएको र अनि रोकिएको बस सुचारु भएको मन्दिर निर्माण समितिका अध्यक्ष तिलक बुढाथोकीले जानकारी दिनुभएको छ ।  यस्ता घटना पहिला पनि हुने गरेको स्थानीयको भनाइ छ ।

गुफा २०० मिटर लम्बाई ,  ७० मिटर चौडाइ र ८० मिटर उचाई रहेको छ । गुफा भित्र शिव , पार्वती , गणेशका मुर्ति हजारौं सङ्ख्यामा चमेराहरु लगाएत ढुंगाका कलात्मक चित्रहरू रहेका छन । गुफा उद्घाटनमा कुल ब पुन विवेकले छहरे बाजेको मुर्ति सहित प्रदशन गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल