२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘ गोकर्ण विष्टलाई हेर्न आईकिम तर आँखा देख्दीन, ’

२०७५, ११ असार सोमबार ०७:३५

 प्रेम सुनार,असार ११,गुल्मी ।  सेतै फुलेको कपाल ।  कुप्रो परेको शरिरमा लौरो टेकेर स्याँस्याँ गर्दै उकालो लाग्दै थिईन खाली पैतालोमा एउटी वृद्धा । सोमबार गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजित शहिद स्मृति पार्कको शिलन्यास  गर्न सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट आउँदै छन भन्ने थाह पाए पछि त्यहाँका बृद्ध, बृद्धा देखि वालक सम्म मन्त्री विष्टलाई  हेर्न आई रहेका थिए ।

 खाली पैतालोमा लौरोको सहारामा बढो मुस्कीलले उकाले लाग्दै गरेकी ८२ वर्षिया बृद्धा यमकली नेपालीलाई मन्त्री विष्टले देखे पछि सहयोगीलाई संकेत गर्दै उनलाई  तिनै सहयोगीले डोराएर लिन पुगे । कार्यक्रम हेर्न आउनु भएको हो  आमा ? भनेर सोध्ध उनि भन्दै थिईन–‘ अँ गोकर्ण विष्ट आउँछन रे भन्ने सुनेर उनलाई हेर्न आईकिम ( आईकी हुँ ) तर के गरुँ आँखा भने देख्दीन । ’


उनले मान्छे नचिन्ने गरी धमीलो मात्रै देख्ने बताईन । हात खुट्टा फुटेका थिए । खाली पैतला चिराचिरा परेका थिए । आमा जुत्ता चप्पल कहिले देखि लगाउनु भएको छैन भन्दा उनले भनिन –‘धेरै वर्ष भयो खुट्टामा चप्पल नपरेको कसले ल्याई देओस र लगाम ?’

उनिहरुको पुर्खेयौली घर सोही गाउँपालिका साविकको धुर्कोट गाविस करमचाल्ने रहेछ । हाल सोही गाउँपालिकाको जैसीथोकमा वसोवास गरेका रहेछन् । उनको श्रीमान भिमबहादुर नेपालीको ३० औं वर्ष अघि मृत्यु भएको रहेछ । एक छोरा र तिन छोरी रहेकी उनले भनिन–‘ वर्षऔं भयो छोरीहरु कहाँ छन भन्ने अत्तोपत्तो छैन , घरमा बुहारी मात्रै छ , छोरा पनि चार पाँच वर्ष भयो कहाँ छ भन्ने थाह छैन । साह्रो गोता पाएकी छु, रेख देख गर्ने कोही छैन । ’

 मन्त्री  विष्टको संकेतमा उनलाई मञ्चको अगाडीको सिट मै वसालियो । उनले गोकर्ण विष्ट संग दुख पोख्न आएको बताउँदै अहिले सम्म घरमा बत्ति वोल्न नसकेको दुखेसो पोखिन । धुर्कोट गाउँपालिकाले एक घर एक धारा अभियान सुरु गरेको छ । उनकोमा भने करिव १४ हजार जम्मा गर्न पर्छ भनेको उनले बताईन ।

भनिन–‘त्यत्रो पैसा मैले कहाँ बाट जम्मा गरुँ ?  अलि अलि जमिन त छ तर त्यहाँ कसले खेती गरी देओस् ? दिदी वहिनीले दिन्छन र विहान वेलुकाको गुजरा चलाउँ छु उनले थपिन मेरो अरु उपाय केहि छैन । ’   कार्यक्रम समापन पछि मन्त्री विष्ट उनको कोखमा आएर सोध पुछ गर्न थाले । उनले घरमा बत्ति वोल्न नसकेको र पानी धारा पनि राख्न नसकेको त्यही गुनासो राखिन । मन्त्री विष्टले तत्काल उनलाई भने–‘ढुक्क हुनुहोस आमा, तपाई कहाँ बत्ति र धाराका लागि एक पैसा लाग्ने छैन  ।’  साथमा रहेका धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल लगायतले पनि उक्त  कार्य पुरा गरी दिने संकेत गर्दै थिए ।

ति बृद्ध जस्तै गुनासो लिएर आएका थिए जैसीथोककै ७७ वर्षिय  रिखबहादुर बिक पनि । ७१ वर्षको उमेरमा  जन्माएको छोरी अहिले ६ वर्षकी भएको  र अर्की छोरी १४ वर्षकी भएको उनले बताए ।

उनले श्रीमति पनि आफु जस्तै बृद्धा रहेको र काम गर्न नसकेर दुख पाएको भन्दै उनले मन्त्री विष्ट संग त्यही दुख पोख्न आएको बताए । उनले पनि बत्ति र पानी धारा राख्न नसकेको गुनासो राख्दै थिए । ति दुवै परिवारलाई धुर्कोट गाउँपालिकाले बत्ति र धारा उपलव्ध गराउने विषयमा छलफल चलिरहेको  एक घर एक धारा अभियान उपभोक्ता समितिका अध्यक्ष गोपाल कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस