२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

ग्राहक घट्दा समेत नेपाल टेलिकमको ध्यान पुगेन

२०७५, ११ असार सोमबार ०८:२३

विमल धामी । असार ११, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा नेपाल टेलिकमका ग्राहक घट्दै जाँदा समेत टेलिकमको ध्यान पुगेको छैन ।

 नेपाल टेलिकमले जडान गरेको टावर देखि लगभग १ किलो मिटरको दुरीमा रहेको बेल्डाँडी गाउँपालिकाको मुख्य वजार चवन्नीमा टावरले काम नगर्दा स्थानीय वासी हैरान भएका छन् । चवन्नी वजारमा लगभग १ वर्ष यता देखि टावरले काम नगरिदिँदा स्थानीय सेवाग्राही वाक्क भएका हुन् ।

टेलिकमले आफ्नो सिम प्रयोग गर्नेलाई बिभिन्न अफर ल्याए पनि बेल्डाँडी चवन्नी वजारका सेवाग्राहीहरुका लागि भने केहि ल्याउन सकेको छैन । आधुनिक इन्टरनेटको जमानामा यस बजारका ब्यापारी भने एनसेलको प्याक किनेर महङ्गो सेवा लिइराखेको बेल्डाँडीका ब्यापारी सन्देश पाण्डेयले बताउनुभयो । आफ्नो पसल भित्र गयो भने नमस्तेको टावरले कामै गदैन उनले भने “आफु पहिले नमस्तेको ग्राहक भएको र अहिले एनसेलको ग्राहक हुन बाध्य भएको छु ।”

चवन्नी बजारका अर्का ब्यापारी केशव ठकुराठी आफुहरुका समस्या समाधान गर्न नेपाल टेलिकमले ध्यान नदिएको गुनासो गनुभयो। सिमकाडै बाँड्ने तर सेवा प्रभावकारी नभएकोमा स्थानीयको आक्रोस रहेको उहँको भनाई छ। गत वर्ष मात्र बेल्डाँडीमा आएर नेपाल टेलिकमले निशुल्क सीमकार्ड बितरण गरेको थियो ।

यस्तै अर्का ब्यापारी दिनेश पन्तले भने “हामी लाई नेपाल टेलिकम भन्दा एससेलले रोम्रो सेवा दिइराखेको छ, हामी त ग्राहक न हो जसले राम्रो सेवा दिन्छ त्यसैको हुने हो तर नेपाल टेलिकमले आफ्नो कमजोरी सुधार गरेर सेवा राम्रो भएमा अझै नेपाल टेलिमका ग्राहक बढ्न सक्न उहाँको भनाई छ ।” सिम फोकट बाँढ्नु भन्दा सेवा राम्रो दिनुपर्ने वहाँको माग रहेको छ । 

यस्तै बेल्डाँडी गाउँपालिकामा ल्याण्डलाइन टेलिफोन नहुँदा समेत उपलब्ध हुन सकेको छैन । लेण्डलाइन भए इन्टरनेट सेवा सस्तो सुलभ हुने थियो । नेपाल टेलिकम सो सेवा नदिएर पनि बल्डाँडीका जनतालाई सेवा बाट कुण्ठित गरेको स्थानीयहरुको आरोप छ ।

नेपाल टेलिकमको १९७ मा ग्राहक प्रतिनिधीसंग कुरा गर्दा वहाँहरुले महेन्द्रनगरको ०९९५२२१५० नंं.मा सम्पर्क गर्नुस भनेर भन्ने, यसमा फोन गरे ९८५८७५०८५६ मा सम्पर्क गर्नुस भन्ने, त्यसमा सम्र्पक गरे वहाँले अर्को नं.९८५८४२२००४ मा सम्पर्क गर्नुस् भन्ने सेवाग्राहीलाई अप्ठेरोमा पार्ने गरेको पाईएको छ । 

टेलिकमका इन्जनियर प्रकाश भट्टले भने “हामीले मर्मत कार्य गर्दैछौ भनेर आलटाल गर्नु भयो ।” साथै उहाँले बेल्डाँडी क्षेत्रमा आफ्ना ग्राहक घटेको स्वीकार गर्नु भयो । कहाँबाट बिग्रीएको छ आफुहरुले खोजविन गरिरहेको भन्दै आलटाल गर्नु भयो ।

बेल्डाँडीका सरकारी गैरसरकारी संघ संस्थाहरुले समेत एनसेलको सिम प्रयोग गर्ने गरेको पाईएको छ । वहाँहरुलाई नेपाल टेलिकमको सिम प्रयोग किन नगरेको भनि सोध्दा सबैको मुखमा एउटै जवाफ आउने गरेको छ ।नेपाल टेलिकमले आफुले दिने सेवामा सुधार नगरे बेल्डाँडी देखि आफ्नो टावार फिर्ता लैजान बेल्डाँडीका युवाको सुझाव रहेको छ । पटक पटक नेपाल टेलिकमलाई जानकारी गर्दा समेत टेलिकमले वेवास्ता गरेको पाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण