चितवनका शिक्षण संस्था खुल्यो

Posted on: 26 Jun, 2018

असार १२, चितवन | विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् । 

संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति एक विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल फिर्ता लिएको जनाउनुभएको हो । विभिन्न संघसंस्था, सरोकारवाला निकायले विद्यालय खोल्न गरेको अनुरोधलाई मध्यनजर गर्दै अनिश्चितकालीन हडताल फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ । 

आन्दोलनको स्वरुप परिवर्तन गरिने भन्दै हडतालका कार्यक्रम फिर्ता लिइएको हो । 

प्रहरीले संगठनका जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई गिरफ्तार गरेको विरोधमा क्रान्तिकारीले हडताल आह्वान गरेको थियो । बन्दका कारण आइतबार र सोमबार जिल्लाभरका विद्यालयको पठनपाठन प्रभावित भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!