२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा थप सेवा विस्तार

१२ असार २०७५, मंगलवार ०८:०२

असार १२, डडेल्धुरा | यहाँको उपक्षेत्रीय अस्पतालले शिशु सघन कक्ष एनआइसियु, इण्डोस्कोपी र स्वचालित उपकरणसहितको प्रयोगशाला र थाइराड सेवा विस्तार गरेको छ । 

उक्त सेवा सोमबार शुभारम्भ गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अब यस अस्पतालले विगतको भन्दा अझ उत्कृष्ट सेवा दिन सक्षम भएको बताउनुभयो । 

प्रदेश नं ७ का दुर्गम स्थानमा उपचारको कुरा त परै जाओस् सिटामोलजस्ता सामान्य औषधि पनि समयमा नपुग्ने स्थानमा औषधोपचारको सहज व्यवस्था मिलाउनका लागि अहिले एउटा नीति प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले यस प्रदेशका लागि यो अस्पताल नमूना अस्पताल बनाउन प्रदेश सरकार तयार भएकाले स्थानीय सरकार र राजनीतिक दललगायतले यसमा पहल गर्न जरुरी रहेको बताउनुभयो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले अस्पतालमा रिक्त रहेका विशेषज्ञ चिकित्सको पदपूर्ति गर्न र टेण्डर भई मूल्यांकन हुन नसकेको मुख्य अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने