२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा बहिरा विद्यालय सञ्चालनमा

१२ असार २०७५, मंगलवार ०८:१७

असार १२, भोजपुर | जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ । 

भोजपुर बहिरा संघको पहलमा स्थापना गरिएको उक्त विद्यालय भोजपुर नगरपालिका– ९ स्थित बालमन्दिर भवनमा सञ्चालन गरिएको हो । 

यही जेठबाट शुरु गरिएको विद्यालयमा एक दरबन्दीका शिक्षक र पाँच विद्यार्थी अध्ययनरत छन् । विद्यालय स्थापना र सञ्चालनार्थ विभिन्न स्थानीय निकायबाट रु एक करोड १६ लाख दुई हजार सहयोगसमेत संकलन भएको संघका अध्यक्ष सीताराम ओझाले जानकारी दिनुभयो । 

नेपाल सरकारबाट यो आर्थिक वर्षका लागि सांकेतिक भाषाका एक शिक्षक राखिएको छ । पन्ध्र विद्यार्थीको कोटा भए पनि विद्यार्थी आउनेक्रम जारी रहेकाले थप एक शिक्षक र एक कर्मचारी आवश्यक पर्ने उहाँले बताउनुभयो । 

उक्त विद्यालय स्थानीय सरकारका भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले आज यहाँ आयोजित कार्यक्रममा शुभारम्भ गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान