Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भोजपुरमा बहिरा विद्यालय सञ्चालनमा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १२, भोजपुर | जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ ।

भोजपुर बहिरा संघको पहलमा स्थापना गरिएको उक्त विद्यालय भोजपुर नगरपालिका– ९ स्थित बालमन्दिर भवनमा सञ्चालन गरिएको हो ।

यही जेठबाट शुरु गरिएको विद्यालयमा एक दरबन्दीका शिक्षक र पाँच विद्यार्थी अध्ययनरत छन् । विद्यालय स्थापना र सञ्चालनार्थ विभिन्न स्थानीय निकायबाट रु एक करोड १६ लाख दुई हजार सहयोगसमेत संकलन भएको संघका अध्यक्ष सीताराम ओझाले जानकारी दिनुभयो ।

नेपाल सरकारबाट यो आर्थिक वर्षका लागि सांकेतिक भाषाका एक शिक्षक राखिएको छ । पन्ध्र विद्यार्थीको कोटा भए पनि विद्यार्थी आउनेक्रम जारी रहेकाले थप एक शिक्षक र एक कर्मचारी आवश्यक पर्ने उहाँले बताउनुभयो ।

उक्त विद्यालय स्थानीय सरकारका भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले आज यहाँ आयोजित कार्यक्रममा शुभारम्भ गर्नुभएको हो । रासस