2026-10-26 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा लागु औषध दुरुपयोग विरुद्धको कार्यक्रममा आज अभिमुखीकरण

नन्द बहादुर रोकाया/असार १२, मुगु | मुगमा लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तराष्टिय दिवसका अबसरमा सताव्यापि कार्यक्रम चलिरहेको छ ।  

आज छैठौ दिन पनि दिबसका अबसरमा लागु औषध दुरुपयोग विरुद्ध अभिमुखीकरण कार्यक्रम गरीएको थियो । 

स्वस्थ, सवल र समृद्धि नेपालको प्रतिवद्धता  लागु औषध विरुद्धको एक्यवद्धता  भन्ने मुल नाराका साथ सताब्यापि कार्यक्रम अन्तरगत आज जिल्ला स्थित सरोकारवाला  निकायसंग अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको हो । 

जिल्ला प्रशासन कार्यलय मुगु आयोजना सञ्चालीत  लागु औषध दुरुपयोग तथा ओसार पोसार विरुद्ध अभिमुखीकरणमा जिल्ला स्थित सरकारी कार्यलय गैर सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधि लगायत प्रत्रकारको उपस्थित रहेको थियो ।अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लागु औषध नियन्त्रणमा स्थानीय प्रशासनको भुमीकाको बारेमा जानकारी गराउनु का साथै लागु औषधले समाजमा हुने अपराधिक गतिबिधि, जाँड रक्सी खाएर होहाल्ला गर्ने लगायत महिला हिसां जस्ता अपराधिक क्रियाकलाप हुने भएकाले सचेत रहन सबैमा आग्रह गर्नुभयो ।  

लागु प्रदार्थको ओसार प्रसारमा संलंग्न कसैलाई थाहा पाएमा प्रहरी लाई खबर गर्न पनी प्रमुख जिल्ला अधिकारीले सबैमा अनुरोध गर्नुभयो ।साताब्यापि कार्यक्रम अन्तरगत आईतबार लागुऔषध द्रुब्यसनीका बारे जानकारीसहित लागु औषध द्रुब्यसनीले पार्ने अल्पकालिन असर तथा दिर्घकालिन असरका बारेमा माहाकाली माध्यामि बिद्यालयका बिद्यार्थीहरुलाई प्रहरीले प्रशिक्षण दिएको थियो । 

बिद्यार्थी बालबालिकाहरुले लागु औषध द्रुब्यसन र घरेलु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थीलाइ लागु औषध द्रुब्यसन सम्बन्धि प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा (रेग्मीले)ले बताउनु भयो । मुगुमा लागु औषधका घटनाहरु लुकिछिपी भइरहेकाले त्यसको रोकथाम गर्न जिल्ला प्रहरी कार्यलय मुगु लागी परेको उहाँको भनाई छ । देशभरी ९१ हजार ५ सय ३५ जना लागु प्रदार्थ दुव्सनीमा पसेका  प्रहरीको तथ्याङ्गमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने