२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यातना पिडित सहयोगार्थ अन्तराष्ट्रिय दिवसको अवसरमा लहानमा प्रभातफेरि

१२ असार २०७५, मंगलवार १७:२५

राम नारायण पंडित | असार १२, सिरहा | यातना पिडित सहयोगार्थ अन्तर्राष्ट्रय दिवसको अवसरमा लहानमा प्रभात– फेरि गरिएको छ । सिरहाको लहानमा मानव अधिकारकर्मीहरुले राज्यले विभिन्न बहानामा नागरिकलाई यातना दिने गरेको हुनाले सो यातनाको बिरुद्ध पिडितलाई न्याय दिलाउने उद्देश्यले तराई मानव अधिकार रक्षक संजालले आज (मंगलबार) प्रभात फेरि गरेको हो ।


लहान नगरपालिकाको बिभिन्न भागको परिक्रमा गर्दै शहिद रमेश चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै थर्ड एलायन्सका मानवअधिकार अधिकृत किरण कुमार कर्णले राज्यमा सुशासन व्यवस्था कायमको लागि प्रहरी प्रशासनले बन्दुकको दम्भ नत्यागेसम्म नागरिकले स्वतन्त्रतापुर्वक बाच्नलाई चुनौती रहेको बताए ।

मानव अधिकारकर्मी रेणु कर्णले यातना बिरुद्ध पिडित आफै अग्रसर भएमा राज्य स्वयम् गम्भीर भई यातनामा न्यूनीकरण हुने बताए । सिरहा मानव अधिकार रक्षक संजालको समन्वयमा भएको कार्यक्रमको सन्चालन अध्यक्ष चदन कर्णले गरेका थिए । 


कार्यक्रममा नेपाल पत्रकर महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता, ईन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, संजालका सचिव राम नारायण पण्डित, समग्र जन उत्थान केन्द्रका कार्यक्रम संयोजक देवराज पोखरेल, अधिकारकर्मी मुकेश यादव, महेश सिह र तन्जिला खातुन लगायतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान