२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा युरिया मलको भाउ घट्यो

२०७५, १३ असार बुधबार ०६:०५

प्रेम सुनार/असार–१३ गुल्मी। गुल्मीमा गाउँमा भन्दा सदरमुकाममा युरिया मल महँगो भएको पाइएपछि केहि दिन अघि यस साझा सबाल मिडियामा ‘ युरिया मलः कालो वजारी कि मनपरी ? ’ शिर्षकमा समाचार प्रकाशित भए लगत्तै सदरमुकामा युरिया मलको भाउ घटाईएको छ ।

सदरमुकाम तम्घासबाट १० किलो मिटर दुरीमा पर्ने हस्तीचौर स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाले प्रति किलो २० रुपैयाँका दरले युरिया मल विक्री गरेको छ  । तर यता सदरमुकाममा रहेको अमरकल्याण महिला विकास बहुद्देश्यीय सहकारी संस्थाको सुपथ पसलमा भने प्रति किलो २१ का दरले बेचिदै आएको थियो ।

उक्त समाचार आए लगत्तै आफुले सदरमुकाम तम्घासको उक्त सहकारी सुपथ पसललाई प्रति किलोमा १ रुपैयाँ घटाउन लगाई २० रुपैया किलो बनाईएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले जानकारी दिए ।

मल विक्रि वितरणमा देखिएको छ नि ? भन्ने प्रश्नमा उनले अन्यत्र पनि सहुलियत दर निर्धारणका लागि आफुले सवैलाई भनि सकेको बताए । अमर कल्याण सहकारी संस्थाकी प्रवन्धक अञ्जु पन्थीले  उक्त समाचार आएपछि नैतिक संकट जस्तो देखिएर आफुहरुले घटाएको बताईन । उनका अनुसार गत एक हप्ताको दौरानमा १२ टन युरिया मल विक्रि भई रहेको छ ।

पन्थीले आफुहरुको सहकारीबाट डिपीए मल ५१ रुपैयाँ किलो , पोटाँस ३६ रुपैयाँ र जैविक मल १७ रुपैयाँ किलो विक्रि वितरण गरेको जानकारी दिईन । उक्त समाचार आए लगत्तै ग्रामिण भेग सम्म युरिया मलको भाउ घटाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस