२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

२०७५, १३ असार बुधबार ०८:५४

नारायण अधिकारी/असार १३, चितवन | नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो । 

यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उहाँले बताउनुभयो । 

नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्दछ । यो नदीमा डल्फिन देख्नुलाई दुलर्भ मानिन्छ । नदीमा घडियाल गोहीको अनुगमनका क्रममा डल्फिनको बच्चा देखिएको भए पनि तस्बीर लिन भने नसकिएको खड्काले बताउनुभयो । 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले सो क्षेत्रमा यसअघि पनि एक जोडी डल्फिन देखिँदै आएकामा त्यही जोडीबाट बच्चा जन्मिएको हुन सक्ने बताउनुभयो । नदीमा डल्फिनको संख्या थपिदै गएमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास उहाँको छ । 

संकटापन्न अवस्थामा रहेको घडियाल गोहीका लागि नारायणी नदी राम्रो बासस्थान मानिन्छ । 

घडियाल गोहीका २११ बच्चा कोरलिए 

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा यस वर्ष २११ वटा बच्चा कोरलिएका छन् । 

नारायणी र राप्ती नदीमा संकलन गरिएको गोहीको अण्डा र प्रजनन् केन्द्रमा गोहीले पारेको अण्डाबाट ती बच्चा कोरलिएका हुन् । 

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीमा सात वटा गुँडबाट संकलन गरिएको २३५ वटा अण्डाबाट ११८ वटा बच्चा र नारायणी नदीमा दुई गुडबाट संकलन गरिएका ८२ वटा अण्डाबाट ४६ वटा बच्चा कोरलेका हुन् । प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डाबाट ४७ वटा बच्चा कोरलिएका हुन् । 

निकुञ्जले गएको वैशाखमा गोहीको अण्डा नदीबाट संकलन गरेको थियो । सो क्रममा राप्तीमा तीनवटा र नारायणीमा पाँचवटा गँुड छाडिएको थियो । सहायक संरक्षण अधिकृत खड्काका अनुसार ती गुडँमध्ये राप्तिमा एउटा गँुड पानीले बगाएको र अन्य दुईवटा गँुडबाट बच्चा कोरलिएका छन् । नारायणी नदीमा एक गँुडबाट बच्चा कोरलिएको, एक गँुड पानीले बगाएको र तीन गँुडमा बच्चा कोरल्न बाँकी रहेको उहाँले बताउनुभयो । 

प्रजनन् केन्द्रमा पाँचवटा गुँड रहेकामा दुईवटा गँुडबाट बच्चा कोरलिएको भए पनि अन्य तीन गुँडका अण्डा भने बिग्रिएको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो । 

गोहीको बच्चा हुर्काउन निकै कठिन हुने गर्दछ । विगतको अनुभवलाई हेर्दा हाल कोरलिएका बच्चामध्ये १०० हाराहारी बचाउन सकिने उहाँको भनाइ छ । गत वर्ष पनि यसै हाराहारीमा बच्चा बचेका थिए । हाल प्रजनन् केन्द्रमा ५२० गोही रहेका छन् । 

यस वर्ष ११९ वटा गोहीका बच्चा हुर्काएर राप्ती नदीमा छाडिएको छ । हालसम्म राप्ती, नारायणी, कालिगण्डकी, कोशी, बबई र कणाली नदीमा एक हजार ३६५ वटा गोही छाडिसकिएको छ । सहायक संरक्षण अधिकृत खड्काका अनुसार पछिल्लो गणनाअनुसार ती नदीमा हाल १९८ गोही मात्र बाँकी रहेका छन् । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ रहेका छन् । 

सन् १९७८ मा कसरामा घडीयाल प्रजनन् केन्द्र शुरु गरिएको हो । संकटापन्न अवस्थामा रहेको गोही हराउँदै गएपछि नदीमा अण्डा संकलन गरि बच्चा कोरलेर यो प्रजनन् केन्द्र सुरु गरिएको हो । नदिमा छाडिएका गोही बाढीसँगै भारत पुग्ने तथा नदीमा ठूला जालमा परेर र प्रदूषणका कारण पनि रोगी भएर मर्ने गरेकाजस्ता समस्याका कारण गोही लोप हुँदै गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण