2026-10-27 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छायानाथ रारा नगरपालिकामा आगलागी हुँदा लाखौँको नष्ट

दान बहादुर बुढा | असार १३, मुगु | छायानाथ रारा नगरपालिका १ गमगढी तल्लो बजारमा रहेको सम्झना फ्रेस हाउसमा आज साँझ ५ बजे आगलागी हुँदा लाखौँ मूल्य बरावरको सामान जलेर नष्ट भएको छ ।

फ्रेस हाउसमा ग्यास चलाई रहेको अबस्थामा एक्कासी आगो लाग्दा फ्रेस हाउस भित्र रहेको २ कुन्टल ५० केजी कुखुराको मासु नगद रु १ लाख डिजीटल काटा, साधा काटा, डिफ्रीज, लगाएत अन्य सामान गरी ५ लाख भन्दा बढीको क्षेती भएको सम्झना फ्रेस हाउसका प्रोपराईटर  लक्ष्मी प्रसाद पाण्डेले बताएका छन ।

आगलागी भएको तुरुन्त थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी, सुसेमुका नेपाली सेना स्थानियबासी उद्योगी ब्यापारी कर्मचारीको पहलमा आगलागी भएको आधा घण्टाभित्र आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन । 

अधिकारीका अनुसार गमगढी बजार पुराना काठ काठैले बनाएका घरहरु छन्, एक घरमा आगोलागी हुँदा पुरै बजार नष्ट हुन सक्ने अवस्था छ । जसको लागि आगलागीबारे सम्पूर्ण बजारबारी र स्थानिय बासीलाई सचेत रहन समेत अनुरोध गरिएको छ । आज भएको आगलागीले नजिकै रहेको बिधुतको ट्रान्समिटरमा भने कुनै पनि क्षेती गरेन । यदी ट्रान्समिटरमा आगलागी भएको भए, गमगढी बजारमा ठूलो धनजन र मानबिय क्षेती हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने