दान बहादुर बुढा | असार १३, मुगु | छायानाथ रारा नगरपालिका १ गमगढी तल्लो बजारमा रहेको सम्झना फ्रेस हाउसमा आज साँझ ५ बजे आगलागी हुँदा लाखौँ मूल्य बरावरको सामान जलेर नष्ट भएको छ ।

फ्रेस हाउसमा ग्यास चलाई रहेको अबस्थामा एक्कासी आगो लाग्दा फ्रेस हाउस भित्र रहेको २ कुन्टल ५० केजी कुखुराको मासु नगद रु १ लाख डिजीटल काटा, साधा काटा, डिफ्रीज, लगाएत अन्य सामान गरी ५ लाख भन्दा बढीको क्षेती भएको सम्झना फ्रेस हाउसका प्रोपराईटर लक्ष्मी प्रसाद पाण्डेले बताएका छन ।

आगलागी भएको तुरुन्त थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी, सुसेमुका नेपाली सेना स्थानियबासी उद्योगी ब्यापारी कर्मचारीको पहलमा आगलागी भएको आधा घण्टाभित्र आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।

अधिकारीका अनुसार गमगढी बजार पुराना काठ काठैले बनाएका घरहरु छन्, एक घरमा आगोलागी हुँदा पुरै बजार नष्ट हुन सक्ने अवस्था छ । जसको लागि आगलागीबारे सम्पूर्ण बजारबारी र स्थानिय बासीलाई सचेत रहन समेत अनुरोध गरिएको छ । आज भएको आगलागीले नजिकै रहेको बिधुतको ट्रान्समिटरमा भने कुनै पनि क्षेती गरेन । यदी ट्रान्समिटरमा आगलागी भएको भए, गमगढी बजारमा ठूलो धनजन र मानबिय क्षेती हुनसक्ने बताइएको छ ।

Related News