२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

१४ असार २०७५, बिहीबार ११:४६

असार १४, विराटनगर | न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । 

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । 

सो मुद्दा खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय झापामा दायर गर्नुभएको हो । 

नियमित तथा विशेष बजार अनुगमनका क्रममा सम्बन्धित उद्योगको उत्पादित चिया परीक्षण गर्दा न्यून गुणस्तर पाइएपछि मुद्दा दायर गरिएको क्षेत्रीय खाद्यका प्रमुख प्रमोद कोइरालाले जानकारी दिनुभयो । 

नेपाल चिया विकास निगम झापा र हरि टी इन्डस्ट्रिज प्रालि भद्रपुर झापा विरुद्ध मुद्दा दायर गरिएको हो । 

कार्यालयका अनुसार चिया विकास निगमद्वारा उत्पादित टोक्ला चिया न्यून गुणस्तर रहेको छ भने हरि टी इन्डस्ट्रिजद्वारा उत्पादित चियाको प्याकेटमा लेबल विवरण अपूर्ण रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो