कञ्चनपुरमा नहरमा ट्याक्टर खस्दा एक जनाको मृत्यु

Posted on: 29 Jun, 2018

असार १५, कञ्चनपुर । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । 

बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो । 

चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो । 

दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

दुर्घटनाका कारण भने थाहा हुन सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!