2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

सडक सुधारको माग गर्र्दै धनकुटाका बासिन्दाद्वारा उजुरी

असार १६, धनकुटा | आवतजावतमा समस्या उत्पन्न भएपछि सडक सुधारको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरी गरेका छन् । 

मध्यपहाडी लोकमार्ग पूर्वीखण्ड सुधारको माग गर्दै धनकुटाको हिलेदेखि पाख्रिबाससम्मका ४९८ स्थानीयवासीले बिहीबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । 

उनीहरुले जिल्ला प्रशासन कार्यालयसँगै सडक डिभिजन कार्यालय धनकुटा, पाख्रिबास नगरपालिका र जिल्ला समन्वय समिति एवं सडक निर्माण डिकुरे साइडको कार्यालयमासमेत उजुरी दिएको जनाएको छ । 

सडक निर्माणको कार्य छिटोभन्दा छिटो सुचारु नभए र गाडी आवतजावत गर्न बाधा पुगेको खण्डमा वाध्य भएर आन्दोलन गर्नुपर्ने उजुरी पत्रमा उल्लेख छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत हिलेदेखि पाख्रिबाससम्म पाँच किलोमिटर सडकखण्ड हिलाम्ये हुँदा सवारीसाधन सञ्चालनमा समस्या उत्पन्न भएको छ । निरन्तरको वर्षाका कारण सडक हिलाम्ये बनाउँदा सुनसरीको धरान हुँदै धनकुटाका ग्रामीण क्षेत्रसहित भोजपुर, संखुवासभातर्फ जाने सवारीसाधन र पैदल यात्रुलाईसमेत आवतजावतमा समस्या हुन थालेपछि त्यसको समाधानका लागि उजुरी दिनुपरेको स्थानीय कृष्णबहादुर कटुवालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ पाँच किलोमिटर दूरी पार गर्न १५ मिनेट लाग्ने सडकमा हिलाम्ये भएका कारण सवारीसाधनलाई अहिले दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।” 

सो सडकखण्डको हिलेन्यूरोड छेउदेखि मुगा खोलासम्म र पाख्रिबास फारम गेटदेखि सिंहदेवी मन्दिरसम्मको सडक क्षेत्र हिलाम्ये भएपछि यातायात र पैदलयात्री सबैलाई सास्ती व्योहोर्नु परिरहेको छ । 

हिलेदेखि पञ्चेसम्म करीब १३ किलोमिटर सडक निर्माण गर्ने ठेक्का कञ्चनजंगा मोदीदान रायमाझी जेवीले लिई आव २०७१÷०७२ देखि निर्माण कार्य शुरु गरेको थियो । 

निर्माणकार्य ढिलो गतिमा भएका कारण दैनिकरुपमा भोजपुर संखुवासभा आवतजावत गर्ने लामोदूरीका सवारी सञ्चालनमा कठिनाइ भएको स्थानीय योगेन्द्र लिम्बूले बताउनुभयो । 

पानी पर्ने बित्तिकै सडक हिलाम्ये हुने गर्छ । भोजपुर र संखुवासभा आवतजावत गर्ने दैनिक सयौ गाडी यस सडकखण्डबाट हिँड्ने गर्छ । एउटा गाडी फस्ने बित्तिकै यो सडकखण्डमा सवारीसाधनको लामो लाइन लाग्ने गरेको स्थानीय ज्ञानबहादुर गुरुङले बताउनुभयो । 

करीब रु ३० करोडको लागतमा निर्माणाधीन उक्त सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने सम्झौता छ । अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग पूर्वी खण्ड डिकुरे क्षेत्रका सवइञ्जिनियर विवश अधिकारीले बताउनुभयो । 

निर्माण कम्पनीलाई कामको गति बढाउन पटकपटक ताकेता भए पनि वर्षात् लागिसकेको हुनाले अब नौ महिनामा आयोजना सम्पन्न हुन निकै कठिनाइ हुने अधिकारीको भनाइ छ । 

नेपाली सेनाले २०५२ सालमा हिले–पाख्रिबास–लेगुवाको राम बजारसम्म सडक ट्रयाक खोलेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई