2026-08-25 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा असार १८ गते सार्वजनिक विदा

चिसाङ शेर्पा/असार÷१६ खोटाङ | असार १८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सार्वजनिक विदा हुने भएको छ । प्रथम नगर दिवसको अवसरमा संविधानको अनुसूचि ८ अनुसार नगरपालिकाको मातहतमा रहेका २२ वटा कार्यालयहरुलाइ सार्वजनिक विदा गरिएको हो ।

प्रथम नगर दिवसको अवसरमा सोमबार बिहान नगरपालिकाले नेर्पास्थित भुलभुलेमा ‘प्रथम नगर स्तम्भ’ अनावरण गरी दिक्तेलको समिक्षालय हलमा विविध कार्यक्रम गर्ने भएको छ । नगर दिवसमा नगर गीत, नगर स्मारिका र नगरपालिकाभित्र ‘एक घर, एक विरुवा’ अवधारणा अनुसार बिशेषगरी दिक्तेलबजारमा रोपिने विरुवा सार्वजनिक गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिए ।

नगर दिवस कार्यक्रममा नगरपालिका भित्रको सबै क्षेत्रलाइ समेटेर एक जनालाई नगद १ लाख राशीको पुरस्कार दिइनेछ । नगरभित्रका बर्ष उत्कृष्ट निजामती कर्मचारी र बर्ष उत्कृष्ट शिक्षकलाई ५०÷५० हजार नगदका साथमा सम्मान गरिने छ । 

यस्तै, २०७४ सालको एसईईमा उत्कृष्ट सामुदायिक विद्धालय र एसईईमा उत्कृष्ट महिला पुरुषलाइ नगदसहित सम्मान गरिने कार्यक्रम रहेको छ । नगर दिवसले यस बर्षबाट ५० हजार राशीको ‘पत्रकारिता विकास पुरस्कार’ पनि घोषणा गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग