२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

२०७५, १६ असार शनिबार ०९:१३

राजेन्द्रप्रसाद पनेरु/असार १६, कञ्चनपुर | आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । 

इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो । 

आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । यसअघि परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रति बिगहा रु दुई लाखसम्म आम्दानी हुँदै आएको वडायकले बताउनुभयो । 

परम्परागत तरिकाबाट उखुखेती गर्दा मुस्किलले प्रतिबिगाह ३०० देखि ५०० क्विण्टल उखु उत्पादन हुन्थ्यो, उहाँले भन्नुभयो, “चिपवड प्रविधिको प्रयोग गरी उखु रोप्न थालेपछि चार गुणाभन्दा बढी उत्पादन हुन थाल्यो ।” 

“चिपवड प्रविधिबाट उखुखेती गर्दा प्रतिबिगाह दुई हजार क्विण्टल उत्पादन हुन थालेको छ,” वडायकले भन्नुभयो, “परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रतिबिगाह १०० क्विण्टल बीउ बढी लाग्ने गर्दछ । 

आधुनिक तरिकाबाट नर्सरीमा तयार गरिएको उखुका बिरुवा रोप्दा प्रतिबिगाह तीन क्विण्टल मात्रै लाग्ने गर्छ । तर परम्परागत तरिकाबाट उखु रोप्दा प्रतिबिगाह चार क्विण्टल लाग्ने गरेको वडायकले बताउनुभयो । 

नर्सरीमा तयार गरिएका बिरुवा प्रतिबिगाह एक हजार ३०० देखि एक हजार ६०० सम्म लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । चिपवड प्रविधिमा उखुको आँखला मेशिनको सहायताले निकाली पोलिथिन ब्यागमा बिरुवा उत्पादन गर्ने गरिन्छ । 

इन्टरनेटको माध्यमबाट भिडियोमा हेरेर आफूले उखु लगाउने यो आधुनिक तरिका सिँके, वडायकले भन्नुभयो, “चार वर्ष अघि पहिलो पटक उखुका आँखा निकालेर बिरुवा तयार गरी उखुको नर्सरी तयार गर्न थालेपछि घरकै परिवारले नै विश्वास गरेनन्, खेती बिगार्न थाल्यो भनेर उल्टै गाली गर्न थाले तर गालीको प्रवाह नगरी आफूले नर्सरीमा बिरुवा तयार पारेर खेतमा रोपेरै छाडे ।” 

पहिलो पटक परीक्षणका रुपमा दुई कठ्ठा क्षेत्रफलमा आधुनिक तरिकाले उखुखेती गर्दा उत्पादन ११० क्विण्टल बढी भयो, खुसी हुँदै उहाँले भन्नुभयो, “थोरै जग्गामा यति बढी उत्पादन भएपछि अहिले चार बिगाह क्षेत्रफलमा यो प्रविधिबाट उखुखेती गरेका छौं ।” 

स्वस्फुर्तरुपमा उखुखेती गरी उत्पादन बढाएपछि नगरपालिकाको कृषि शाखाले उहाँलाई सिँचाइका लागि बोरिङ, स्प्रे मेशिन, विद्युतीय मोटर, पावर टिलर, मिनी टिलर, ट्रे, चिपकटर मेशिन अनुदानमा उपलब्ध गराएको छ । 

विद्युतीय र डिजल इञ्जनबाट सिँचाइ गर्दा बढी लागत आउन थालेपछि सिँचाइका लागि उहाँले सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीसमेत जडान गरेको छ । उखु खेतीलाई रोग किराबाट जोगाउनका लागि एकै पटक ट्र्याक्टरको सहायताले खेतमा स्प्रे गर्नका लागि भारतबाट मेशिनसमेत उहाँले भित्र्याउनुभएको छ । उखुको बीउमा लाग्ने रकम जोगाएर रु दुई लाख खर्च गरी मेशिन खरिद गरिएको वडायकले बताउनुभयो । 

प्रविधिमा आधारित भएर खेती गर्नोस् उहाँ भन्नुहुन्छ, “नोक्सान हुँदैन, आम्दानी बढ्छ ।” वडायक सिर्जनशील किसान भएकाले उहाँको अनुशरण गर्दै अन्य किसानसमेत उखु उत्पादन बढाउने कार्यमा लागेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । 

उखुसँगै वडायकले मौसमी बेमौसमी तरकारीखेती गरेरसमेत आम्दानी लिँदै आएका छन् । उहाँ यस वर्ष उत्कृष्ट किसानका रुपमा छनोटमा परी पुरस्कारका लागिसमेत चयन हुनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण