दुर बुढा | असार १६, मुगु | कर्णाली प्रदेशमानै पहिलो पटक मुगु जिल्लामा रहेको छायानाथ रारा नगर पालिकाको आयोजना र एक दर्जन संघ सस्थाको सहआयोजनामा गरीएको एक दिने अभिभावक मेला सम्पन्न भएको छ ।

छायानाथ रारा नगरपालिका भित्र रहेका प्रारम्भिक बाल्यावस्थामा पढीरहेका बालबालिकाको शारीरीक मानशिक बौदिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक र भाषाको बिकास गर्ने भविष्य उज्वल बनाउन नगरपालिका भित्र रहेका बिद्यालय शैक्षिक अबस्थालाई माथि उठाउनको लागी मेलामा सहभागी भएका अभिभावकले मेलामा देखे-सिकेका कुरालाई घर परिवार गाउँ टोलमा प्रयोग गर्नकोलागी आमा बुबा र स्याहार कर्ता अभिभावक नै हुन । स्थानिय स्रोत साधनको प्रयोग गरेर शैक्षिक कृयाकलाप अधि बढाउन, अभिभावक, शिक्षक, बिद्द्यार्थीहरुले शैक्षिक क्षेत्रको आदान-प्रदान गर्ने उद्श्यले अभिभावक मेला सन्चालन गरीएको छायानाथ रारा नगरपालिका मुगुका नगर प्रमुख हरिजङ्ग शाहीले बताएका छन् ।

अभिभावकको मुख्य आर्कषकहरु नाटक, प्रारम्भिक बालबिकासमा बुबाको जिम्मेवारी, प्रारम्भिक बालबालिकाको महत्व देउडा गीत, बालकथा, अभिभापक कथा, रैथानिक स्थानिय खाद्यान्न बाली, १ बर्षदेखी १० बर्ष सम्मका बालवालिकाको स्वास्थ्य परिक्षण स्थानिय स्रोत साधनबाट बनाईएका शैक्षिक सामाग्रीहरु रहेका छन ।

यस अभिभावक मेलामा बिद्यार्थि अभिभावक गरी ८ सय जना भन्दा बढीले मेलाको अवलोकन अध्ययन गरेका छन् भने मेलामा १५ बटा स्टल रहेका छन् । प्रारम्भिक स्टलमा प्रारम्भिक बाल बालिकाहरुलाई पढाउने तरीका बारे र स्थानिय खाद्यान्न बाली, स्वास्थ्य परीक्षा गरेको मेला आयोजकले बताएका छन् ।

अभिभावक मेलामा सहभागी भएका छायानाथ रारा नगरपालिका ५ कार्कीबाडा गाँउका जनक सेजुवालका अनुसार मेला एकदमै राम्रो छ । सानानानी-बाबुलाई सहजको लागी ज्ञान मुलक रहेको छ, यस्ता मेला बर्षको २/३ पटक हुनुपर्ने समेत उनले बताएका छन् ।

उक्त मेलामा जिल्लामा रहेका सरोकारवाला सबैको भेला भएको छ । सबैभन्दा अभिभावकले बाल बच्चालाई गाई-गोरु भेडा-बाख्रा चराउन नलगाउनु पर्ने रहेछ, नियमित बिद्यालयमा पठाउनु पर्ने जस्ता राम्रो सन्देश दिईएको छ । यो अभिभावक मेला गरेकोमा निकै राम्रो भएको छायानाथ रारा नगरपालिका ३ फुली गाँउका दिप बहादुर खड्काले बताएका छन् ।

दान बहा