२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बोडेको कमलपोखरी सार्वजनिक बनाउः अदालत

२० असार २०७५, बुधबार ०४:२७

असार २०, भक्तपुर | जिल्ला अदालत, भक्तपुरले मध्यपुरथिमि–८ बोडेस्थित ऐतिहासिक र धार्मिक महत्वको पलिस्वाँ पुखुः (कमलपोखरी) लाई सार्वजनिक गरी संरक्षण गर्नुपर्ने फैसला गरेको छ । 

वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले यसअघिको पैmसला बदर गर्दै मंगलबार सो कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको हो । 

बोडेको सो ऐतिहासिक पोखरीमा फुल्ने कमलको फूल बोडेकै लायकु दरबारमा रहेको तलेजुलाई चढाउने परम्परा रहेको छ । साथै, सो पोखरीको कमलको फूल नीलबाराही नाचका देवगणलाई समेत चढाउनु पर्ने परम्परा रहेको छ । धार्मिक महत्वसमेत बोकेको सो पोखरी २०४२ सालमा कान्छी पोडेनीको नाममा दर्ता भई त्यसयता पटकपटक खरिद बिक्री हुँदै आइरहेको थियो । 

सार्वजनिक पोखरी भएको जग्गा खरिद बिक्री हुँदै आए पनि कसैले उपभोग भने गर्न सकेको थिएन । केही वर्ष अघि सो पोखरीमा माटो पुर्न आएका केही व्यक्तिलाई स्थानीयले लछारपछार गर्दै लखेटेदेखि यता पोखरी पोखरीकै रुपमा रहेको छ । 

सो पोखरी सार्वजनिक हुनुपर्ने माग गर्दै स्थानीयले ऐतिहासिक पलिस्वाँ पुखुः संरक्षण समिति गठन गरी आन्दोलन गर्दै आइरहेका थिए । सो पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम हुनुपर्ने माग गर्दै दायर मुद्दामा अदालतले प्रमाणको मूल्याकंनका आधारमा व्यक्तिका नाममा दर्ता हुने गरी यसअघि भएको पुरानो फैसला तथा निर्णय बदर गरी सो पोखरी सार्वजनिक हुने फैसला गरेको हो । 

सो मुद्दामा वादीका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, विवेकराज ढुंगेल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद प्रजापति तथा प्रतिवादीका तर्फबाट अधिवक्ता चन्द्रमणि पौडेल समेतले बहस गर्नुभएको थियो । 

अदालतको फैसला सुन्न स्थानीय सयौँ बोडेवासी अदालत परिसर पुगेका थिए । अदालतलाई सार्वजनिक हितमा फैसला गर्न दबाब दिने उद्देश्यले बोडेवासी अदालत पुगेको समितिका अध्यक्ष गणेशमान चक्रधरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा