2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सुगम भएर पनि सञ्चारविहीन उदयपुरको ताप्ली

हरिकुमार राई | असार २०, गाईघाट | उदयपुर जिल्लाका आठ स्थानीय तह अर्थात चार नगरपालिका र चार गाउँपालिकामध्ये अहिले पनि जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकामा सञ्चार सुविधाको व्यवस्था हुन नसक्दा सञ्चारविहीन अवस्थामा रहेको छ । 

जिल्लाका अन्य सबै स्थानीय तहमा विद्युत् तथा टेलिफोन सेवा, मोबाइल सेवाको राम्रो सुविधा रहेता पनि ताप्लीवासी भने सञ्चार सेवाविहीन अवस्थामा रहँदै आउनु परेको ताप्ली–४ का बमेन्द्र तामाङ बताउनुहुन्छ । 

दुई वर्षअघि मात्र एकमात्र एनसेलको टावर ताप्लीस्थित इनामे पहाडको टुप्पोमा स्थापना भएपनि नेपाल टेलिकमको टावर तथा टेलिफोन सेवा व्यवस्था हुन नसक्दा सञ्चार सेवाविहीन हुन परेको स्थानीय जयन्द्र थापाले बताउनुभयो । 

थापा भन्न्नुहुन्छ, “गाउँलेले कुनै क्षेत्रमा आफन्तसँग कुरा गर्नु पर्यो भने इनामे पहाडको टुप्पोमा दुईघण्टा हिँडेर पुगेमात्र एनसेल मोबाइल टिप्छ, नत्र गाउँभरि सञ्चार छैन, सबै खबर बुझ्न र सञ्चार सेवाका लागि कटारी धाउन बाध्य छौँ ।” 

नेपाल टेलिकमले सञ्चार सेवा विस्तार नगर्दा र यसको पहल नहुँदा इनामेबाहेक गाउँपालिकाका अन्य गाउँका बासिन्दा सञ्चारविहीन अवस्थामा रहनुपरेको स्थानीयवासीको गुनासो बढ्दै जान थालेको छ । रुपाटारका कुमारी खड्का भन्नुहुन्छ, “सञ्चारसेवा नहुँदा काठमाडौँ तथा विराटनगरमा अध्ययन गर्ने छोराछोरीसँग कुराकानी गर्न चारघण्टा लगाएर कटारी झर्नुपर्ने बाध्यता छ ।” 

सञ्चारको अभावमा गाउँपालिकाको कार्यालयमा समेत अन्यत्रबाट आउने सर्कुलर, कागजात प्राप्त गर्नुपर्ने र ती कागजात लिन पनि कटारी नै धाउनुपर्ने बाध्यता रहेको ताप्ली गाउँपालिकाका अधिकृत लिला श्रेष्ठको गुनासो छ । 

जिल्लाका सबै भागमा विद्युत् सञ्चार सुविधा व्यवस्था भइसके पनि ताप्ली गाउँपालिका अहिले पनि कर्णालीको हुम्लाभन्दा पनि पछाडि रहेको रुपाटारका एक शिक्षक नरेन्द्रलाल कर्णले बताउनुभयो । 

सञ्चारसेवा व्यवस्थापनको समस्याको विषयमा ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापासँग जानकारी माग्दा आफूले ताप्लीमा नेपाल टेलिकमको टावर स्थापना गर्न पहल गरिरहेको बताउनुभयो । 

यस्तै, गाउँपालिकामा विद्युत्का लागि पनि पहल भइरहेको अध्यक्ष थापा बताउनु हुन्छ । तर कहिलेसम्ममा व्यवस्थापन हुन्छ भन्ने कुरामा भने ग्यारेन्टी गर्न नसकिने थापाको धारणा छ । 

तराईको जिल्ला भएर पनि उदयपुरको ताप्ली गाउँपालिका अहिले पनि सञ्चार सेवाविहीन र विद्युत्विहीन अवस्थामा कर्णाली क्षेत्रभन्दा पनि दुर्गम र पिछडिएको अवस्थामा रहनुपर्ने बाध्यता रहेको ताप्लीवासी जनताको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई