2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

आधुनिक बन्दै जाउलाखेलको सदर चिडियाखाना

सञ्चिता घिमिरे/असार २१, ललितपुर | राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ । 

यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ । 

चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताउनुभयो । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ । राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ । राणाकालमा बनेका पुराना खोरमध्ये अहिले भालुको खोर एउटा मात्रै बाँकी छ । उहाँ भन्नुहुन्छ, “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउनेलाई देखाउनका लागि राखेका हौँ ।” 

चिडियाखानामा सूचना प्रविधि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको प्रमुख खरेलले बताउनुभयो । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी योजना अघि बढेको हो । 

उहाँ भन्नुहुन्छ, “भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन् ।” नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन् । 

पहिले फोहरले ढाकिएको देखिँदै आएको गोही अब सफा हुने भएको उहाँ बताउनुहुन्छ । स्वचालित उपकरणले पानीले गोही सफा गर्ने गरेर काम भइरहेको छ । यसले गर्दा एकातिर अक्सिजन बढ्ने र अर्कातिर आगन्तुकले सफा गोही हेर्न पाउने छन् । कोइराला भन्नुहुन्छ, “यसले गर्दा आगन्तुकलाई थप आकर्षित गर्ने हाम्रो विश्वास छ ।” 

पहिले खोरसम्म आगन्तुकले हात पु¥याउँथे । पुराना खोर जनावरका लागि सहज थिएनन् । अहिले जनावरका लागि नयाँ बनेका नयाँ खोर फराकिला छन् । उहाँ भन्नुहुन्छ, “जनावरको आवश्यकताअनुसार चिडियाखानामा सुधारको काम भइरहेको हो ।” 

अहिले चिडियाखानामा खोर वरपर फुटपाथ निर्माणको टेण्डर प्रक्रिया भइसकेको छ । बाघ खोरदेखि टिकट काउण्टरसम्म ढुंगा छाप्न लागिएको हो । यस ठाउँमा पहिले इँटा छापिएको थियो । उहाँ भन्नुहुन्छ, “ढुंगाले यसलाई प्राकृतिकस्वरुप दिने हुनाले ढुंगा छाप्ने काम भइरहेको हो ।” 

जनावरका लागि खाना बन्ने मुख्य भान्सा फराकिलो बनाउने काम भइरहेको सहायक क्युरेट गणेश कोइराला बताउनुहुन्छ । नयाँ भान्सा आधुनिक छ । ठूलो हुनाले खाना राख्न र पकाउन पुरानो भान्साजस्तो समस्या छैन । 

उहाँ भन्नुहुन्छ, “पहिले हामीले साँघुरोमा गाह्रो गरेर पकाउने र भाग लगाउने गर्दै आएकामा अहिले त्यो अवस्था छैन ।” पहिलेको भान्सामा अध्ययनका लागि आउने विद्यार्थी अटाउन मुस्किल पर्दथ्यो । भुर्इँ सफा गर्न सजिलो रहेको उहाँ बताउनुहुन्छ । मुख्य भान्साबाट खानालाई छुट्टयाएर बाँड्नका लागि सहायक भान्सा निर्माणको काम अघि बढिरहेको छ । 

यहाँ आउने आगन्तुकका लागि शौचालय बनिरहेको सहायक क्युरेट कोइराला बताउनुहुन्छ । अपांगतामैत्री खालको शौचालय आगन्तुकको सहजतालाई ध्यानमा राखेर बनाइएको छ । चिडियाखानाभित्रै दुई ठाउँमा खानेपानीको व्यवस्था हुँदैछ । उहाँ भन्नुहुन्छ, “हामीले चिडियाखानाको विकाससँगै आगन्तुकलाई पनि सकेसम्म सजिलो वातावरण दिन लागेका छौँ ।” 

चिडियाखानाले भित्र छिर्नासाथ आगन्तुकले सम्पूर्ण जानकारी एक ठाउँमा पाउन सकून् भन्नका लागि ‘सूचना कक्ष’ निर्माणको योजना बनाइरहेको छ । चिडियाखाना र त्यससँग सम्बन्धित विभिन्न जानकारी आगन्तुकले कक्षमा कम्प्युटर थिचेर आफैँले पाउन सक्छन् । उहाँ भन्नुहुन्छ, “यहाँ दैनिक दुई÷तीन हजार आगन्तुकलाई यो ज्ञानबद्र्धक हुन सक्नेछ ।” 

चराको खोर निर्माणका लागि टेण्डर आह्वान भएको छ । अहिलेभन्दा ठूलो र फराकिलो ठाउँ बनाउन लागिएको हो । प्रमुख खरेल भन्नुहुन्छ, “टेण्डर भएपछि धमाधम काम अघि बढ्नेछ ।” पुरानो भान्सा भएका ठाउँमा आगामी वर्षदेखि नीलगाईको खोर बन्नेछ । स्याललाई एउटा कोठाबाट अर्काे कोठामा सहज होस् भन्नका लागि छिर्ने ठाउँ निर्माण भइरहेको छ । बाँदरको खोर निर्माणको काम भइरहेको छ । 

‘पुतलीको घर’ निर्माणको योजना बन्दैछ । पुतलीको घरमा आगन्तुक भित्र पस्न पाउँछन् । उहाँ भन्नुहुन्छ, “खुलारुपमा हिँडिरहेका पुतली आगन्तुकको जीउमा समेत हिँड्न सक्छन् ।” स्रोतका आधारमा योजना बढ्ने उहाँ बताउनुहुन्छ । 

विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । ३० वर्षका लागि संरक्षण गर्ने गरेर सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । एकसय २४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ