२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आंगिक क्याम्पस विस्तार गर्दै कृषि विश्वविद्यालय

२१ असार २०७५, बिहीबार ०६:४५

असार २१, चितवन | निजी शिक्षण संस्थालाई सम्बन्धन दिन खोज्दा चौतर्फी आलोचना व्यहोरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आंगिक क्याम्पस विस्तार गर्दै अघि बढेको छ । 

हालसम्म चार ठाउँमा आंगिक क्याम्पस सञ्चालन भइरहेका छन् । 

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार आउँदो शैक्षिकसत्रका लागि महोत्तरीको बर्दिवासमा कृषि स्नातक र उदयपुरको कटारीमा वनमा स्नातक पढाइ सञ्चालन गरिने भएको छ । 

विश्वविद्यालयको सिनेटले १० ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्न प्रस्ताव गर्दै बजेट माग गरेकामा विश्वविद्यालय अनुदान आयोगले सात ठाउँका लागि निर्णय गरेको थियो । ढकालका अनुसार सात ठाउँमध्ये धनकुटाको पाख्रिबास, कैलालीको टीकापुर र सिन्धुलीको कपिलाकोटमा कृषि स्नातकमा हरेक क्याम्पसमा ५० जनाका दरले यसै शैक्षिकसत्रबाट अध्ययन अध्यापन भइरहेको छ । 

अनुदान आयोगको सात क्याम्पसबाहेकको कास्कीको पुरनचौरमा पनि कृषि स्नातक पढाइ भइरहेको छ । अन्य चारमध्ये बर्दिवास, उदयपुर, बाँकेको खजुरा र रोल्पाको माडीचौर रहेका छन् । 

उहाँका अनुसार बर्दिवासको सम्पूर्ण प्रक्रिया सकिएको छ भने कटारीको सुष्मा मेमोरियल ट्रष्टले वनको कार्यक्रम सञ्चालन गर्न जग्गा विश्वविद्यालयको नाममा हस्तान्तरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । ट्रष्टको नाममा रहेको २७ बिगाहा र थप दुई बिगाहा खरिद गरी विश्वविद्यालयको नाममा हस्तान्तरण गरेर वन क्याम्पस सञ्चालन गर्दैछ । विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्न पहाडमा कम्तीमा १०० रोपनी र तराईमा आठ बिगाहा जग्गा विश्वविद्यालयको नाममा रजिष्ट्रेशन गर्नुपर्ने प्रावधान बनाएको छ । 

खजुरा र माडीचौरमा पनि प्रक्रिया जारी रहेकाले चाँडो काम भएमा आउँदो शैक्षिकसत्रबाटै कार्यक्रम सञ्चालन गर्न सकिने ढकालले बताउनुभयो । 

विश्वविद्यालयको सिनेटले आंगिक क्याम्पस दिन निर्णय गरेका अन्य ठाउँमध्ये गोर्खाको च्याङ्ली, स्याङ्जाको चापाकोट र दैलेखको दुल्लुमा पनि प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो । ती ठाउँमा आंगिक क्याम्पस शुरु हुँदै गर्दा विश्वविद्यालयका ११ ठाउँमा आंगिक क्याम्पस सञ्चालन हुनेछन् । दुई वर्षभित्रमा ती सबै ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्ने लक्ष्य विश्वविद्यालयको छ । 

हाल विश्वविद्यालयले केन्द्रीय कार्यालय रहेको रामपुरमा कृषि स्नातकदेखि विद्यावारिधिसम्म र हेटौँडामा वन विज्ञानको स्नातकदेखि विद्यावारिधिसम्म पढाउँदै आएको छ । विश्वविद्यालयमा निजी क्षेत्रबाट २० वटा क्याम्पसले सम्बन्धनका लागि निवेदन पेश गरेकामा केही क्याम्पसलाई सम्बन्धन दिन खोजेको भए पनि सर्वत्र विरोध भएपछि रोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो