२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका एक हजारभन्दा बढीले व्यावसायिक तालीम लिए

२०७५, २१ असार बिहीबार ०९:०१

असार २१, कञ्चनपुर | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ३०० जनाले व्यावसायिक तालीम लिएका छन् । 

तालिम लिनेमा पुरुष ४५३ र महिला ९०९ रहेका छन् । 

चालू आवको जेठसम्म दलित १६९ महिला र ६७ पुरुष गरी जम्मा २३६, जनजाति ३२३, अपाङ्ग एक तथा अन्य ८०२ जनाले तालीम लिएको कार्यालयका प्रमुख तर्कराज बिष्टले बताउनुभयो । सञ्चालन गरिएका तालीममा सबैभन्दा बढी सिलाइकटाइ, ब्युटिपार्लर र कम्प्युटर सम्बन्धि रहेको छ । 

केन्द्रबाट तालीम सिकेका विभिन्न क्षेत्रका एक÷एक जनालाई स्वरोजगारका लागि रु २२ हजार सम्मको अनुदान सहयोग गरिएको विष्टले बताउनुभयो । कार्यालयले कटाइ सिलाइ, केश शृंगार, विद्युत् जडान, मेकानिकल वेल्डिङ, मोटरसाइकल मर्मत, प्लम्बिङ, इलेक्ट्रोनिक्स, कम्प्युटर, पम्पसेट मर्मत तथा वैदेशिक एवं युवा स्वरोजगार विशेष सीप विकास तालीम निःशुल्क रुपमा सञ्चालन गर्दै आएको छ । 

यसैबीच, कर्मचारी र कार्यालय प्रदेश वा संघ कहाँ रहने भन्ने अन्यौलताका कारण तालीम प्रभावित भएका छन् । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगर अहिले विभागस्तरीय रहेको र अब केन्द्र, प्रदेश वा स्थानीय तह कसको मातहतमा कसरी रहने भन्ने अन्यौलमा परेको विष्ट बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण