१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२१ असार २०७५, बिहीबार १६:०९

असार २१, लहान  । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज साँझ उपचारका क्रममा मृत्युु भएको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा गोलबजार नगरपालिका–९ स्थित सडकमा स१प ८३९५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा मिर्चैया नगरपालिका–११ का ४० वर्षीय जगदीश महराको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते महराको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । 

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामास्थित सडकमा आज नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ६० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । 

सनाखत हुन नसकेको उक्त शव स्वस्थ्य परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का