२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पर्यटकिय महत्वको ठाउँ अर्नाकोटमा तिजमेला तथा प्रतियोगितात्मक कार्यक्रम चल्दै

२०७२, १ आश्विन शुक्रबार ०३:५१

कृष्ण कँडेल/असोज १, बागलुङ्ग । बागलुङ्गको देविस्थान–८ मा रहेको पर्यटकिय महत्वको स्थान अर्नाकोट बराथानचौरमा तिजमेला तथा विविध खेलकुद कार्यक्रम सुरु भएको छ ।

b

अर्नाकोट बराह युवा क्लवको आयोजनामा क्लवको तेस्रो बार्षिकोत्सव तथा तिजमेला वुधबारदेखि सुरु भए पनि हिजो औपचारिक उद्घाटन गरिएको हो । बराथानचौर परिसरमा रहेको धार्मिक महत्वको वराह मन्दिरमा विधिपुर्वक पुजाआजा गरि कार्यक्रमको सुरुवात गर्ने प्रचालन रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल भालिवल संघका सल्लाहकार तथा ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीले विकट स्थानमा रहेपनि आर्नाकोटको प्राकृतिक, धार्मिक र एैतिहाँसिक महत्व रहेको भन्दै पुर्वाधार विकाशमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्नाकोट क्षेत्रको विकाशका लागि सक्दो पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रममा देविस्थान उच्च माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ संयोजक लालबहादुर कुँवर लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि नेपालीले क्लवलाई नगद ८० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

b1

मेलाको अवसरमा तिजगित प्रतियोगिता, भलिवल प्रतियोगिता, लोकगित प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष टेकबहादुर कुँवरले जानकारी दिनुभयो । तिजगित प्रतियोगितामा ९ समुह र भलिवल प्रतियोगितामा १७ समुहको सहभागिता रहेको छ । मेलाको अवसरमा आयोजित प्रतियोगितात्मका कार्यक्रम आजदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रम सोमवार सकिने छ ।

उच्च स्थानमा रहेको अर्नाकोट डाँडोमा ठुलो समथर भाग रहेको छ । प्राचिन कालमा त्यहाँबाट राजाले राजकाज सञ्चालन गरेको तथा साधु सन्तहरुले तपस्या समेत गरेकाले आर्नाकोट ऐतिहाँकि रुपमा पनि महत्वको ठाउँ रहेको स्थानियले बताउने गरेका छन । त्यहाँ रहेको बराह मन्दिरमा तिज, दशैँ, बैसाख पुर्णिमा, जनैपुर्णिमा लगायतका चाड पर्वमा विषेश पुजा आजा गर्ने प्रचलन रहेको छ ।

त्यहाँ प्रचिन कालमा सन्तहरुले तपस्या गरेको ‘जोगिकुटी’ भनिने ठाउँको भग्नावसेस पनि रहेको छ । त्यहाँ रहेको आर्नाकोटमा रहेको बराथनचौरलाई ढोरपाटनपछिको ठुलो समथर स्थान मानिने समाजसेवि लालबहादुर कुँवरले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष टेकबहादुर कुँवरको अध्यक्षता, वेदबहादुर कुँवरको स्वागत मन्तव्य तथा सचिब तुलप्रसाद पौडेल र पत्रकार राम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैविच पश्चिमाञ्चल भालिवल संघका सल्लाहकार तथा ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीले शैक्षिक तथा भौतिक सुधारको लागि स्थानिय दुई विद्यालयलाई आर्थिक सहयोग प्रदा गर्नुभएको छ । बुतिबाङ्गमा रहेको अर्नाकोट निमावि खलबाङ्गलाई ४ कोठे भवन निर्माणको लागि १ लाख ५ हजार सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यपक धनबहादुर कुँवरले जानकारी दिनुभयो । नेपालीले यस अघिपनि ३ सेट कम्प्युटर तथा नगद गरि ६ लाख भन्दा बढी सहयोग गर्नुभएको प्रअ कुँवरको भनाई छ ।

त्यस्तै देविस्थानका स्थानिय वासिन्दा समेत रहनुभएका नेपालीले अर्नाकोट निमावि देविस्वथामा एक जना शिक्षकको लागि तलव स्वरुप मासिक ६ हजारका दरले ७२ हजार रुपैयाँ र फर्निचर खरिदको लागि नगद २५ हजार रुपैयाँ प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । आफ्नो जन्मथलो पनि भएको र अधिकांश दलित विद्यार्थीले अध्ययन गर्ने दुवै विद्यालयको आर्थिक अवस्था समेत कमजोर भएकाले सहयोग गरेको सहयोगदाता नेपालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा