Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मोरङमा नहरमा डुबेर एक बालकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २२, मोरङ | </b>मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ । रासस</p>