२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

स्वास्थ्य अवस्था कस्तो छ ? भनेर बुझ्ने कोही छैन !

२०७५, २२ असार शुक्रबार १०:३०

प्रेम सुनार/असार–२२, गुल्मी।   प्रहरीको विहानै देखि  गाडीमा ओहर दोहर चलिरहेकै छ । उनिहरु पैदल गस्ती पनि गरिरहेका छन ।  शुक्रवार विहानै देखि र अहिले यो समाचार लेख्ने सयम ३ वजे सम्मको कुरा हो ।


गुल्मीको सदरमुकाम तम्घास नयाँ वजारको सडक छेउँको दृश्य हो । जहाँ एक जना जाँडले ढलेका मजुर लडिरहेका छन् । उनको स्वास्थ्य अवस्था कस्तो छ  ? भनेर बुझ्ने कोही छैन । उनि मानिस हुन भन्ने सवैलाई थाह छ । तर पनि उनलाई जसरी सडकमा एउटा कुकुर लडेको दृश्य केहि जस्तो लाग्दैन त्यस्तै ठानिएको छ ।

प्रहरी प्रशासन कै आँखा अगाडी एउटा जँड्या दिनैभरी जस्तो सडकमा लडिरहेको छ त्यसको खोजी हुँदैन भने दुर्गम गाउँका त्यस्तै जँड्याहरुलाई खोज्ने र सुररिक्षत गर्ने काम  कसले गर्ला ?

कैयौ मानिस वाटो छेँउँमा त्यसरी नै सुतिरहेको अवस्थामा मृत्यु भएका छन । कोही भिरमा मृत फेला पर्छन ।  परिवारले हराएको उजुरी दिदा हप्तौंसम्म मृतकको शव पहिचान गर्न नसक्ने गरी सडेको हुन्छ ।

यसको उदाहरण  हो– केहि वर्ष अघि यसै गुल्मीमा प्रहरीले जिवितलाई मृतक बनाएर अन्त्यष्टि गरेको थियो । हस्तीचौरका बृद्ध कृष्णबहादुर बिक मृतक बनाएर अन्त्यष्टि गरी सके पछि उनका आफन्त उनि त जिवित छन भन्दै आएका थिए  ।

त्यसको केहि महिनापछि मात्र उनको मृत्यु भएको थियो ।  पछि फेरी अर्को मृतकको पहिचान नै हुन नसकी वेवरिसे शवका रुपमा अन्त्यष्टि गरिएको थियो । गरिव , मजदुर र सडक छापहरुको पनि कुनै कुनै आफन्त हुन्छन वा उसको जिवन पनि अरुको जस्तै जिवन हो  ।

आखिर मदिरा न हो  ? थेक्न नसकी पिउन थालेपछि उसको ज्यान जोखिमा हुन्छ । त्यस्तालाई सुरक्षित गर्ने प्रहरी मात्र होईन आम मानिसको कर्तव्य हुन आउँछ । यसै समाचारदाताले उति बेलै उठाउन खोजेको थियो । तर कतै अन्यथा त हुने होईन भनेर छुन सकेन ।

यता रेसुङ्गा टेलिभिजन र त्यसको ठिक अगाडी शाईन रेसुङ्गा बिकास बैंक छ । मानिसहरुको आवत जावत बाक्लो छ । गजवको कुरा त के छ भने रेसुङ्गा नगरपालिकाले तम्घास वजार क्षेत्रमा ‘नो पार्किङ्ग’  अभियानलाई कडाईका साथ लागु गरेको छ ।

ति जँड्या मजदुर जहाँ लडिरहेका छन त्यहाँ मोटर साईकल पार्किङ्ग गर्न निषेध छ । तर मोटर साईकलले लिने ठाउँ भन्दा बढि ठाउँ ओगटेर जँड्या दिनभरी  त्यसरी लड्न चाँही यस्तो छुट छ । उनले चाहेर वा नचाहेर  यस  नगरपालिका र  प्रहरीलाई चुनौती दिए कै हो , होईन र  ?

विशेष गरी पार्किङ्ग निषध अभियानलाई कडाईका साथ लागु गर्न कम्मर कसेका रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाललाई सर्वसाधरणले यहि सवाल उठाएका छन कि , मेयर ज्यु, कुनै होटलमा छिरेर एकै छिन पिशवा फेरेर आउनका लागि मोटर साईकल रोक्न छुट छैन भने जँड्यालाई दिनैभर त्यस्तो ब्यस्त सडक ओगटेर सुत्न त्यत्रो छुट ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस