२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

टिप्पर दुर्घटनामा नौ रोल्पालीको मृत्यु, को-को परे ?

२२ असार २०७५, शुक्रबार १६:४६

असार २२, रोल्पा | मुस्ताङमा भएको टिपर दुर्घटनामा परी रोल्पाका नौ मजदुरको मृत्यु भएको छ । 

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदूर बोकेको ना२ख २२१९ नंको टिपर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित १५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुने रोल्पालीमा थवाङ गाउँपालिका–१ रोल्पाका २८ वर्षीय सुकमान रोका, ३६ वर्षीय मौसम घर्ती, थवाङ–५ की ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना रोका, २३ वर्षीय रास्त्रे रोका, २३ वर्षीया जीतकुमारी पुन र ११ वर्षीय महेश रोका छन् ।


मृत्यु हुनेमा रोल्पा, सुनछहरी गाउँपालिका–१का ३२ वर्षीया सुन्तु घर्ती र ३२ वर्षीय राजकुमार पुन पनि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । रोजगारीको सिलसिलामा रोल्पाली मजदूर पोखरा, मुस्ताङलगायत क्षेत्रमा जाने गर्छन् । दुर्घटनामा परी एकै पटक यति ठूलो संख्यामा जिल्लावासीको मृत्यु भएको खबर सुन्नेबित्तिकै जिल्लामा सन्नाटा छाएको छ । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी