२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पहिलो पटक वाल विवाह मुक्त वडा घोषणा

२४ असार २०७५, आईतवार १२:४३

प्रेम सुनार | असार २४, गुल्मी | गुल्मीमा पहिलो पटक एक वडाले वाल विवाह मुक्त वडा घोषणा गरेको छ । यहाँको मदाने गाउँपालिका वडा नम्वर–७ , साविकको भनभने गाविसले यस्तो उदाहरणीय कार्य गरेको हो ।  त्यहाँका वडाध्यक्ष काँशीबहादुर बोहराले स्थानिय जनजागरण क्लवको आयोजनामा  वाल विवाह मुक्त वडाको एक समारोहका विच घोषणा गरेका हुन् ।

मदाने गाउँपालिका उपप्रमुख शरिता खड्काको प्रमुख आतिथ्यतामा आयोजित घोषण सभामा ११ वर्ष देखिका वालिकाहरुलाई ललाई फर्काई विवाह गराउने र त्यसका नाममा वेच विखन समेत भएका खवर आई रहेका वेला यस्तो काय सह्रानिय भएको वक्ताहरुको भनाई  थियो ।

छिमीकी जिल्ला प्युठान संग जोडिएको उक्त गाउँपालिकामा वाल विवाह व्याप्त भए पछि त्यसलाई रोक्न  वाल विवाह मुक्त वडा घोषणा गरिएको जन जागरण वाल सञ्जालका अध्यक्ष सुमन पन्थीले बताए ।

जिल्ला स्थित सिर्जनशिल सामुदायिक विकास केन्द्र तम्घासले उक्त वाल सञ्जाल मार्फत  उक्त कार्यको सुरुवात गरेको जनाईएको छ । यस जिल्ला र छिमेकी जिल्ला प्युठान र बाग्लुङ्गमा ११ वर्षिया वालिका समेत आफै प्रेमी बोलाएर भागी विवाह गर्न थालेको समाचार आए लगत्तै युवाहरुले  विभिन्न संघ संस्थाहरुले यस्तो अभियान छेड्न सुरु गरेका हुन् ।

गुल्मीमा साविकको गाउँ  विकास समिति र जिल्ला विकास समितिले पुर्ण सरसफाई , पुर्ण खोप गाविस र जिल्ला घोषणा गरे पनि वाल विवाह र छुवाछुत मुक्ता गाउँ र जिल्ला घोषणा गर्न सकेका थिएनन । अहिले स्थानिय तहका जनप्रतिनिधीहरुले समेत छुवाछुत मुक्त गाउँ घोषणा गर्न खुट्टा कमाई रहेका छन् ।


तस्वीरमा: मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीलाई  वाल विवाह मुक्त वडा घोषणाको ज्ञापन पत्र बुझाउँदै वाल सञ्जालका अध्यक्ष पन्थी, साथमा प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने