प्रेम सुनार | असार २४, बुटवल | उनि भर्खर १६ को उमेरमा पाईला टेकेकी युवती थिईन । कक्षा १० पढ्दै गरेकी उनकी आमा श्रीमानले अर्को विवाह गरे पछि सम्वन्ध विच्छेद गरेर हिडेकी थिईन । वावुले अर्को विवाह गरेकी श्रीमति पनि अहिले विदेशमा छन । हजुर वुवा हजुर आमा , फुपु र सौतेनी आमाको छोरा भाई घरमा रहे पनि त्यस परिवार भित्र उनको सम्वन्ध खासै राम्रो थिएन । यहि क्रममा असार ९ गते विहान करिव ३ वजेको समयमा उनि घर मै जलेको अवस्थामा फेला पर्छिन । त्यस पछि वुटवल हुँदै विभिन्न अस्पतालमा पुराईन्छ । तर उनको बाँच्ने अवस्था नरहेकोले उनको असार २० गते मृत्यु भएको थियो ।
उनि थिईन रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्वर ५ , पिपरचाँपाकी १६ वर्षिषा किशोरी समिक्षा ठकुरी । उनलाई आफ्नै वावुले मट्टि तेल छरेर जलाउँदै हत्या गरेको आरोप लागेको छ । असार १० गते विहान करिव ३ वजेको समयमा शरिरमा आगो लगे पछि समिक्षलाई बुटवलको एक अस्पताल पछि पाल्पाको प्रभास अस्पताल र पछि किर्तिपुरको एक अस्पतालमा उपचारका लागि लगिएको थियो सोही क्रममा उनको असार २२ गते मृत्यु भएको थियो ।
मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।
समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् ।
समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा९छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।
‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कूलको फिस तिर्दिएनन् भनेर सधैं रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किंदा घर भित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’
मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुबासँग बस्न थालेकी थिइन् ।
तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा बोम दर्लामीले बताए ।
आगोले जलेर घाइते भएपछि समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्यासएको बताएको सानीआमा रचना बुढाथोकीले दाबी गरिन् ।
‘समीक्षा हरेक विषयमा चासो राख्ने स्वभावकी थिइन्, उनले आमामाथि भएको हिंसा र अत्याचार बुझेकी थिइन्, जान्नेबुझ्ने भएपछि आमामाथि भएको हिंसा र अन्यायको बदला लिन घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि मार्ने योजना अनुसार मट्टतिेल छर्केर आगो लगाइएको हो’ दर्लामीले भने ।
रूपन्देही प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्तो देखिएको तर, परिवार वा कसले भन्ने नसकिने बताए । उनले भने, ‘केही उपचारपछि धेरै कुरा आउन सक्छ भन्ने थियो तर, उनको मृच्यु भयो । तर, हामीले गम्भीर रूपमा लिरर अनुसन्धान गरिरहेका छौं ।’
वुटवल ईलाका प्रहरी प्रमुख डिएसपी डिलबहादुर मल्लले घटनाबारे गम्भीर छानविन भई रहेको र छिट्टै सत्य तथ्य वाहिर ल्याने बताए । उनले भने–‘ ति किशोरी र परिवार विच सम्वन्ध शौहार्दपुर्ण नभएको पाईएको छ । उनको मृत्युबारे अनुसन्धान भई रहेको छ अव छिट्टै सार्वजानिक गरिने छ ।’