<p><b>असार २४, सल्यान ।</b> सल्यानमा घाँस काट्ने क्रममा रूखबाट खसेर एक महिलाको मृत्यु भएको छ । </p><p>छत्रेश्वरी गाउँपालिका–६, रानागाउँ निवासी ६५ वर्षीया भगवती अधिकारी आज गाईवस्तुका लागि घाँस काट्ने क्रममा घर नजिकैको रूखबाट खसेर गम्भीर घाइते हुनुभएको थियो </p><p>गम्भीर घाइते भएकी अधिकारीलाई उपचारका लागि अञ्चल अस्पताल तुल्सीपुरमा लगिएको थियो । उपचारका क्रममा उहाँकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । </p>
