२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा गजवको अभियानः गर्भवतीको घर–घरमा झण्डा

२०७५, २५ असार सोमबार ०५:१३

प्रेम सुनार | असार २५, बुटवल | गुल्मी दरबार गाउपालिकाले त्यहाँका गर्भवती महिलाहरुलाई  सुरक्षित प्रशुति  सेवा उपलव्ध गराउन  उनिहरुको घर घरमा झण्डा गाड्ने पृथक खालको अभियान यस जिल्लामा छेडेको छ । 

पहिला सवैले गाउँका ठुला साहु मार्जनलाई चिन्थे र चिन्नै पर्दथ्यो तर अव दुखी गरिव र विशेष गरी हरेक गर्भवती महिलालाई चिनौ र उनिहरुलाई संस्थागत रुपमा   प्रशुती सेवा उपलव्ध गराऔं भन्ने उद्देश्यका साथ सो गाउँपालका कार्य समितिले यस्तो अभियान छेडेको स्वास्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्याले बताए  । 

जिल्लामा  गर्भवती महिलाहरुका लागि  पुर्ण सस्थागत प्रसुती क्षेत्र घोषणा  गर्ने गुल्मी दवरवार गाउँपालिका पहिलो हो । उसले आईतवार  भब्य समारोहका बिच ‘गर्भवती झण्डा’  बितरण  समेत गरेको छ ।  सो गाउँपालिका अन्तरगत दरवार  देबिस्थान स्वास्थ्य चौकीद्वारा सञ्चालित  बर्थिङ सेन्टरमा पायक पर्ने  वडा नम्वर  ५, ६ र ७ मा रहेका गर्भवती, महिला  स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधी, राज्नैतिक दलका प्रतिनीधी र स्वास्थ्यकर्मिहरुको उपस्थितिमा गर्भवती झण्डा वितरण गरिएको थियो । 


कार्यक्रममा गाउपालिका अध्यक्ष अशोककुमार थापाले यो अभियान संगै  अब देखी प्रसुती  ब्यथा लागि बर्थिङ सेन्टर सम्म आउनका लागि एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराउने र गर्भवतीलाई ल्याब सेवामा लाग्दै आएको सेवा शुल्कलाइ ५० प्रतिसतमा झार्ने ब्यबस्था गाउपाकिकाले मिलाउने बताए । उनले , बर्थिङ सेन्टरलाई आबश्यक  पर्ने सबै भौतिक ब्यबस्थापन गाउपालिकाले गर्ने घोषणा  समेत गरे । 

उनको प्रमुख  आतिथ्यता रहेको कार्यक्रममा  सो गाउँपालिका   स्वास्थ्य शाखा संयोजक  अर्यालले  सहजीकरण गरेका थिए । कार्यक्रममा  हरेक छिमेकीले कुन घरमा के छ गर्भवती ? उसलाई चिन्नै पर्ने र उसको स्वास्थ्य सम्वन्धि रेख–देख गर्ने पर्ने ।  घरको धुरीमा झण्डा गाडिएको देखे पछि एक पटक हरेकले त्यस घरकी गर्भवती महिलाको स्वास्थ्य सम्वन्धि अवस्था बुझ्नै पर्ने जस्ता महत्वपुर्ण मापदण्ड बनाई छेडिएको यो अभियान यस जिल्लाका लागि उदाहरणीय मानिएको छ । 


पहिलो पटक दलित महिलाको अध्यक्षता  

पुर्ण सस्थागत प्रशुती सम्बन्धी अभिनुखिकरण तथा गर्भवती झण्डा बितरण कार्यक्रमको अध्क्षयता  पहिलो पटक त्यहाँकी दलित महिलालाई गराईएको थियो ।  त्यस गाउँपालिका  वडा न ७ बाट निर्वाचित  दलित महिला सदस्य लक्ष्मी सुनारलाई  अध्यक्षता गराईएको  थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस