२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा भालुको पित्तसहित दुई जना पक्राउ

२५ असार २०७५, सोमबार ०८:५२

लोकेन्द्र प्रशाद जोशी/असार २५, दार्चुला । दार्चुला जिल्लामा ६ ओटा भालुको पित्त सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सोमबार बिहान विशेष सुराकीको आधारमा प्रहरी सहायक निरिक्षक भान बहादुर चन्द नेतृत्वको सादा पोसाकमा खटीएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगरबाट भालुको पित्त सहित ब्यास ६ का मान सिंह धामीलाइ पक्राउ गरेको हो ।


बंगाबगर लास्कुखोलाबाट संकास्पद रुपमा खलंगा बजारतर्फ सेतो कपडाको झोला हातमा बोकेर हिडिरहेको अवस्थामा ब्यास गाउँपालिका ६ पन्तोली बस्ने धनसिंह धामीका छोरा बर्ष ३६ का मान सिंह धामीको झोला चेकजाचँ गर्दा झोलाभित्र खैरो रङको भालुको पित्त बाधेर राखेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी नबराज अधिकारीले जानकारी दिनुभयो । ६ ओटै पित्तको तौल गर्दा ८ सय ९६ ग्राम तौलको रहेको उहाँले बताउँनुभयो ।


पित्तसहित पक्राउ परेका धामीले पित्त धरचुलामा डेरागरी बस्ने डाडाफाइ ३ हुम्ला सिमिकोट गाउँपालिका ७ का २६ बर्षिय रेकस शाहीले मगाएको बताएपछि शाहीलाइ समेत प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रबक्ता हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो । 

पक्राउ परेका दुबै जनालाई स्वास्थ्य परिक्षणपश्चात ६ थान भालुको पित्त सहित आबश्यक कार्बाहिकोलागी जिल्ला बन कार्यालय दार्चुलाको जिम्मा लगाइएको डिएसपी अधिकारीले बताउँनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला