१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा दुर्घटनामा परि तीन जनाको मृत्यु

२६ असार २०७५, मंगलवार ०५:४३

असार २६, सुरुङ्गा, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ । 

सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

यसैबीच बाह्रदशी गाउँपालिका–६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको छ । बिर्तामोडबाट घर जाँदै गरेका राजवंशीले चलाएको को २९ प ४४६९ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

यसैगरी दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका–३ निवासी १० वर्षीय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का