२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

२०७५, २६ असार मंगलवार ०६:२७

असार २६, चितवन | नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । 

पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो । सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

त्यसैगरी, सोही सडकको टोपेखोला र जलबिरेमा पनि पहिरो खसेको थियो । 

पहिरो खसेका सबै ठाउँको पहिरो पन्छाएपछि सवारी पूर्णरुपमा सञ्चालनमा आएका छन् । 

पहिरोका कारण रोकिएका सवारी पहिरो पन्छाएर सञ्चालनमा आएपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँ ठाउँमा पहिरो खस्ने सम्भावना भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण