Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाँचथरमा यात्रुबाहक जीप भिरबाट २ सय ५० मिटर तल खसेपछि…

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २६, पाँचथर | पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जीप बिहान ८ बजे याङ्वरक–३, चैतेभिरबाट खसेको थियो ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जीप चिप्लिएर २५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाबाट परेका नौमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको बताइएको छ । जीपमा १० जना सवार थिए । रासस