२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन करिव ५ सय जनाले सेवा लिए (फोटो कथा)

२०७२, २ पुष बिहीबार २१:२१

कृष्ण कँडेल/पुस ३, गलकोट । गलकोटको हरिचौरमा बिहिबारदेखि तिन दिने निशुल्क स्वाथ्य शिविर सुरु भएको छ ।

व्रिटिस गोर्खा वेल्फेयर स्किम र कादुरी नेपालको संयुक्त आयोजनामा पुस ४ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य शिविर आजदेखि सुरु भएको हो ।

nishulka shibir7

हरिचौरको ठुलाथरमा रहेको नवज्योति दुर्गा निमाविको परिसरमा शिविर सञ्चालन गरिएको हो । पहिलो दिनमा शिविरबाट ४ सय ९४ जनाले सेवा लिएका छन् भने ८ सय ७६ ओटा स्वास्थ्य समस्याको चेकजाँच, उपचार तथा औषधि प्रदान गरिएको छ । २७ जनाका आँखाको मोतियाविन्दुको शल्यक्रिया भएको छ भनने ७८ जनाको दाँत निकालिएको छ ।

nishulka shibir6

शिविरमा १ सय ३ जना महिलाको स्वास्थ्य परिक्षण गरिएकोमा ८ जनाको रिङ पेसरी राखिएको व्रिटिस गोर्खा ओएलफेयर स्किम पोखराका स्वास्थ्य शिविर संयोजक ठाकुर गुरुङले जानकारी दिनुभएको छ ।

शिविरमा सम्पुर्ण स्वास्थ्य समस्याको जाँच एवं औषधि प्रदान, आँखा सम्वन्धि उपचार तथा मोतियाविन्दुको सल्यक्रिया, दाँतको उपचार, महिला स्वास्थ्यकर्मीद्वारा स्त्री रोग तथा पाठेघरको परिक्षण तथा उपचार, निशुल्क परामर्श तथा औषधि वितरण गरिने आयोजकले जनाएको छ ।

nishulka shibir5

स्वास्थ्य शिविरको व्यवस्थापनमा स्थानिय संगम युवा क्लव र उद्यमशिल आमा समुहको अगुवाईमा स्थानियले सहयोग गरेका छन् ।संगम युवा क्लवका अध्यक्ष सेरबहादुर पुनले स्थानिय सामग्रीको व्यवस्थापन क्लव मार्फत गरिएको जानकारी दिनुभएको छ ।

उद्यमशिल आमा समुहको अगुवाईमा स्थानिय महिलाहरुले स्वयंसेवक परिचालन लगायतका काम गरिएको समुहकी कोषाध्यक्ष धनमायाँ श्रीसले जानकारी दिनुभयो ।

nishulka shibir4

nishulka shibir3

nishulka shibir2

nishulka shibir1

nishulka shibir

nishulka ausadhi

nishulka shibir8

तस्बिर: कृष्ण कँडेल, गलकोट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन