२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा स्कप टाइफसका विरामी बढ्ने आशंका

२६ असार २०७५, मंगलवार १५:२४

सन्तोष रोकाया | असार २६, कैलाली | वर्षातको मौशम सुरुवात संगै कैलालीमा स्कप टाइफसका विरामी भेटीन थालेको छ । यो रोग वर्षतको समयमा अधिकांसमा देखिनेगरेको चिकित्सकहरु वताउँछन् । स्कप टाइपस एक किसीमको ज्वरो भएपनी जंगलमा पाइने किर्ना जस्तै किराहरुले टोक्दा संक्रमण हुने गरेको चिकित्सकहरुको भनाई छ ।

मुशामा पाइने किराको टोकाइलेको यो रोगको संक्रमण बढ्ने गरेको पाइन्छ । गत वर्ष २ सय ६९ जनामा स्कपटाइफसका विरामी भेटीएको कैलालीमा यस बर्ष पुन रोगको संक्रमण सुरुहन थालेको छ ।  स्कपटाइफस एक किसीमको ज्वरो भएपनी जंगलमा पाइने किर्नाले टोक्दा संक्रमण हुने गरेको छ बताईएको छ ।

गत वर्ष २ सय ६९ जनालाई स्कपटाइफस का भएपनी यस बर्ष २ जनामा देखीएको सेती अञ्चल अस्पतालका मेडीकल वार्ड इन्चार्ज योसोदा ढकालले बताईन् । अहिले सम्म ५० जना भन्दा बढि चेकजाच गर्न आएको मा २ जनामा यसको संक्रमण भेटिएको उनले बताईन् ।

स्कपटाइफस भएका अत्याधिक ज्वरो आउनुका साथै शरिरमा विविरा आउने, पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखीने गरेको मेडीकल वार्ड इन्चार्ज ढकाले बताईन्  । अत्याधिक ज्वरोका कारण विरामी केही दिन भित्रमै सिकिस्त हुने भएकाले ज्यान जान सकने खतरा पनी उच्च रहेको उनले वताईन् । 

चिकिस्तकहरुले स्कप टाइफस वाट वच्न सरसफाईमै  दिनु पर्ने बताउने गरेका छन् । स्कप टाइपसको कुनै घरेलु उपचार नहुने चिकित्सकहरु बताउछन् । यसको संक्रमण भएको आशंका भएमा वा यसको लक्षण देखीए तत्काल स्वास्थ्य सस्थामा आउन चिकिस्तकहरुको सुझाव छ । 

गत वर्ष ३ सय को हराहारीमा पुगेको स्कपटाइफसको विरामी यस वर्ष अझै वढ्न सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् । बिगतका बर्षहरुमा यसबाट ज्यान जानेहरुको संख्या पनि उच्च रहेको थियो । यस बर्ष भने स्कप टाइपसका बारेमा सर्वसाधरणलाई जानकारी भएका कारण उपचार प्रभावकारी हुने चिकित्सकहरुको अपेक्षा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य